
केशब पाठक/ तस्विरः सुदर्शन रंजित
पोखरा, २८ असार । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवालले पोखरा रंगशाला भित्र निर्माण हुन थालेको फुटबल मैदान कृत्रिम बन्न नहुने कुरामा निकै चासोका साथ उठाएका छन । उनको कुरामा पोखरेलीले समेत साथ दिएका छन ।
पोखरा रंगशालामा कृत्रिम घाँस टर्फको विपक्षीमा रहेका पोखरेली फुटबलप्रेमीहरु सदस्य सचिब सिलवालको साथ पाए पछि थप उत्साहित हुँदै मैदानमा कुनै पनि हालतमा कृत्रिम घाँस टर्फ राख्न नहुने बताएका छन ।

दक्षिण एशियाली खेलकुद (साग) र नवौ राष्ट्रिय खेलकुदका लागि निर्माण हुन लागेका पूर्वाधारहरुको निरिक्षणका लागि पोखरा आएका सदस्य सचिब सिलवालले पोखरामा गरिएका आधा दर्जन भन्दा बढी कार्यक्रमहरुमा यहि कुरालाई चासोका साथ उठाएका हुन ।

काठमाण्डौ प्रस्थान गर्नु अघि शनिबार पोखरामा आयोजित दुई भिन्दा भिन्दा कार्यक्रममा सदस्य सचिब सिलवालले यहि कुरालाई उठाएका छन । पूर्ब खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मंच नेपाल र नेपाल खेलकुद पत्रकार मंच गण्डकीले आयोजना गरेको कार्यक्रम समेत उनले यहि कुरालाई उठाए ।

पोखरा जस्तो अनुपम प्राकृतिक सैन्दर्यले भरिएको ठाउँमा फुटबल मैदान पनि प्राकृतिकनै बन्नु पर्ने कुरामा जोड दिंदै सिलवालले भने–‘मलाई थाहा छैन मैदानमा कृत्रिम टर्फ राख्न कसले यस्तो गलत सल्लाह दियो, तर पोखराको फुटबल मैदान भने प्राकृतिकनै हुनु पर्छ भन्ने मेरो मान्यता हो म यस बाट पछि हटन सक्दिन ।’

आफू हरेक क्षण काममा व्यस्त रहेको र पोखरा बसाईका क्रममा पनि आफू खेलकुदका लागि महत्वपूर्ण समय दिएको बताउँदै सदस्य सचिब सिलवालले कामको जिम्मा लिएका निर्माण कम्पनीलाई तिन वटा कुरामा कुनै हलतले पनि ‘कम्प्रोमाइज’ नर्गन भनेको बताउँदै उनले भने–‘मैले निर्माण कम्पनीलाई कन्क्रिट कुरा ल्याउन भनेको छु, म आर्थिक अभाव हुन दिन्न, समय अगावै काम सकाउनुस, क्वालिटीमा ‘कम्प्रोमाइज’ नगर्नुस ।’

अहिले साग खेलका लागि २७ मध्ये केही खेलका प्रशिक्षणका कार्यक्रमहरु सुरु भइसेको जानकारी दिंदै सदस्य सचिब सिलवालले नतिजा दिने खेलहरुलाई मात्रै विशेष प्राथमिकतामा राखेर हेरिने बताउदै उनले भने–‘अल आर इक्वल भन्ने पक्षमा म छैन, हरेक खेल रिजल्ट ओरियन्टेड हुनुपर्छ ।’ मेडल सम्भावना नभएका खेलहरुमा लगानी नर्गने स्पष्ट पार्दै उनले जोड दिंदै भने–‘लगानी कहाँ र कुन खेलमा गर्ने त्यसको स्पेसिफाई हुन आवश्यक छ त्यसको जिम्मेवारी सम्वन्धित संघ र कोचले लिनु पर्छ ।’विगतमा योजनावद्ध सोच र दृष्टीकोण कुन खेलमा कति लगानी गर्ने परिपाटी नभएका कारण मुलुक जहिले पनि खेलकुदमा पछि परेको उनको स्पोष्टोक्ति थियो ।

खेलकुदमा समन्वयको अभावका कारण पनि गति लिन नसकेको स्पष्ट पार्दै सदस्य सचिब सिलवालले केन्द्र, प्रदेश र स्थानिय निकायका विच समन्वय फितलो रहेको महशुस आफूले गरेको बताए । सवैलाई अपनत्व हुने किसिमले पनि कामहरुलाई अघि बढाउने बताए ।

नेपाली क्रिकेटको समस्या समाधान एक हप्ता भित्र शुरु गर्ने बताउँदै जो जस्ले षडयन्त्र गरेर खेलकुद भाड्ने काम गर्छन ति वास्तविक अपराधी रहेको त्यस्तालाई सार्वजनिक रुपमा नै दोषी घोषणा गर्ने सदस्य सिलवालले भने–‘आफू आइसिसीमा पुगेर भए पनि क्रिकेटको समस्या समाधान गरि छाड्छु यो मेरो प्रतिवद्धता हो ।’ ‘खेललाई सर्पाने जो आए पनि हुन्छ भाँडेर खेल र खेलाडीको भविष्य विर्गाने अधिकार कसैसंग नरहेको’ उनको जोड थियो ।

विगतमा पनि अदालत बाट निकै अप्ठ्यारो महशुस आफूले गरेको बताउँदै खेलकुदका यस्ता विषयलाई अदालतले समेत फाष्ट ट्रयाक बाट न्याय दिन विशेष पहल समेत गरिने बताए । जसको पक्षमा भए पनि अदालतले फैसला दिंदा राम्रो हुन्छ ।
आफू जागिर खान सदस्य सचिब नभएको बताउँदै सदस्य सचिब सिलवालले जिम्मेवारी दिएको समयमा काम सकेर १३ औं साग गर्ने उनले बताए ।
भूतपूर्व खेलाडी मंच नेपालका अध्यक्ष तेज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मंचका संस्थापक अध्यक्ष खड्ग रानाभाट लगाएतले बोलेका थिए भने खेलकुद पत्रकार मंच गण्डकीको कार्यक्रम अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको थियो ।
दोश्रो दिन पनि रंगशालाको निरिक्षण, टर्फको खुलेर विरोध
शुक्रबार करिव दिनभपर जसो पोखरा रंगशालाको पूर्वाधार निर्माणको निरिक्षणमा विताएका सदस्य सचिब सिलवालले दोश्रो दिन पनि पोखरा रंगशालामा करिब एक घन्टा निरिक्षण गरे । निर्माण हुन लागेको मैदान भित्रै छिरेर उनले निर्माण कम्पनीका ठेकदार प्राविधिकहरुलाई फेरि प्रति प्रश्न तेस्र्याए । कस्ले भन्यो यो कृत्रिम टर्फ राख्न, कस्को सल्लाह हो ?
निर्माण कम्पनीका ठेकदारका तर्फ बाट हरि बाबु न्यौपाने र परिषदका मुख्य इन्जिनियर अरुण उपाध्ययाले कृत्रिम घाँसे मैदानमा वकालत गरिरहँदा सदस्य सचिब सिलवाल भने त्यस्को विपक्षीमा उभिए । सामाजिक विकास मन्त्रि नरदेबि पुन, वोर्ड सदस्य राजेश गुरुङ, विभागिय प्रमुख कमल खनाल, क्षेत्रिय अध्यक्ष सम्पन्न श्रेष्ठ र ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ सहित मैदानमाने उभिएर उनले टर्फको खुलेर विरोध गर्दै भने–‘यो सच्चाउनु पर्छ, यो त्रुटीपूर्ण, योस्ट्रक्चर मान्न सकिन्न जसरी हुन्छ कार्तिक १५ भित्र काम सक्नुस, बरु म को संग कुरा गर्नु पर्छ गर्छु।’
