कास्की क्रिकेट द्वारा यू–१९ टिमको घोषणा

पोखरा स्पोर्टस । कास्की जिल्ला क्रिकेट संघले आगामी दिनमा आयोजना हुने यू–१९ क्रिकेट प्रतियोगिताका लागि टिमको घोषणा गरेको छ ।

यहि कार्तिक २९ गते बाट पोखरा रंगशालामा शुरु हुने प्रदेश स्तरिय क्रिकेट प्रतियोगिताका लागि संघले २ वैकल्पिक खेलाडी सहित १४ सदस्यिय खेलाडीको नाम घोषणा गरेको हो । कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार टिम छनोटका लागि यहि कार्तिक २२ र २३ गते दुई दिने छनोट प्रतियोगिता आयोजना गरिएको जानकारी दिएका छन् ।

कास्की जिल्ला क्रिकेट संघका सचिव दिपेन्द्र प्रताप चन्दका अनुसार शुभाष भण्डारीको कप्तानीमा छनोट भएको टिमको उपकप्तानमा किरण पौडेल रहेका छन् । यसै गरी टिमको अन्य सदस्यमा अभिषेक थापा, अर्जुन कुमाल, प्रमोद बास्तोला, नितेश गिरी, सिव्रीन श्रेष्ठ, सोहिल कुवँर, शुभाष शर्मा सापकोटा (विकेट किपर), आयूष सैंजु, देव शाह, सचिन कुमार यादव, प्रविन पौडेल र निर्मल तिमिल्सिना रहेका छन् । त्यसै गरी वैकल्पिक खेलाडीमा सञ्चार निउरे र सुमन वुढा मगर रहेका छन् । टिमको प्रशिक्षकमा गोविन्द प्रधान र टिम म्यानेजरमा चन्द्र कुमार गुरुङ जिमी रहेका छन् ।

प्रतियोगिता कार्तिक २९ गते बाट शुरु हुनु अघि टिमले केही प्रेक्टिस म्याचहरु खेल्ने संघले जनाएको छ । जस अनुसार टिमले मित्र राष्ट्र भारतको दिल्ली बाट भ्रमणमा आएको यू–१९ टोली संग कार्तिक २६ गते मैत्रीपूर्ण म्याच खेल्ने कार्यक्रम तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close