आइपिएलबाट आश्विनले लिए सन्यास

पोखरा स्पोर्ट्स । भारतीय क्रिकेटर आर आश्विनले आइपिएलबाट सन्यास लिएका छन् । ३८ बर्षिय आश्विनले बुधबार आइपिएलबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

आश्विनले आइपिएल खेलाडीको रुपमा आजदेखि आफ्नो क्यारियर अन्त्य गरेको बताउदै अन्य लिग भने खेल्ने बताएका छन् ।

२००९ देखि २०२५ सम्म आइपिएलमा २२१ खेलमा १८७ विकेट लिएका आश्विन आइपिएलमा धेरै विकेट लिने खेलाडीको सुचिमा पाँचौं स्थानमा रहेका छन् ।

आश्विनले पछिल्लो सिजन चेन्नई सुपरकिंग्सबाट आइपिएल खेलेका थिए । उनले चेन्नई बाहेक राइजिङ पुने सुपर जाइन्ट, दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स र पञ्जाव किंग्सबाट आइपिएल खेलेका थिए । आश्विनले २०२४ को डिसेम्बरमा टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close