नव नियूक्त सदस्य सचिबले भने : पूर्वाधारका कारण साग रोकिन्न

पोखरा, २५ असार । सदस्य–सचिव सिलवालले बुधबार विभिन्न खेलका प्रमुख प्रशिक्षकहरुसंगको भेटमा नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) पूर्वाधारका कारण नरोकिने बताएका छन

उनले सबैलाई एकजुट भएर सागको तयारीमा जुट्न निर्देशन दिएका छन । उनले सागसंगै नवौं राष्ट्रिय खेलकुदको तयारी पनि सुरु गर्ने बताउदै लामो समय काम गरेको प्रशिक्षक भन्दा पनि परिणाम दिने प्रशिक्षक आफ्नो पहिलो रोजाइ हुने बताए ।
सदस्य–सचिवले गरे अखेपको निरीक्षण
राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवालले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको बुधबार निरीक्षण गरेका छन् ।

सदस्य–सचिव सिलवालले परिसर हातामा निर्माणाधीन हिटिङ पौडी पोखरी र चीन सरकारले मर्मत गरिदिएको पौडी पोखरीको निरीक्षण गरेका हुन् । हिटिङ पौडी पोखरीको निरीक्षण क्रममा सदस्य–सचिव सिलवालले निर्माण कार्यमा संलग्न पक्षसंग भुक्तानीका विषयमा चिन्ता नलिन भन्दै निर्धारित समयमा काम सम्पन्न हुनु पर्नेमा जोड दिए ।

त्यस्तै मर्मत सम्पन्न भएको पौडी पोखरीको निरीक्षण क्रममा सदस्य–सचिव सिलवालले चाँडो भन्दा चाँडो पोखरीमा पानी भर्ने काम सम्पन्न गरी साउन १ गतेदेखि नै प्रयोग गर्न मिल्ने गरी तयार गर्न अन्तर्राष्ट्रिय खेलकुद परिसर प्रमुख टेकबहादुर बमलाई निर्देशन दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close