नवौं राष्ट्रिय खेलकुदको झण्डा झण्डोत्तोलन, खेलाडी लाई नगद सहित सम्मान गरिने

पोखरा, २५ असार । गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी वर्ष २०७७ फागुनमा आयोजना हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको झण्डा पोखरा रंगशालाको परिसरमा झण्डोत्तलन गरिने भएको छ ।

उक्त झण्डा गण्डकी प्रदेशका मुख्यमन्त्रि पृथ्बी शुब्बा गुरुङले शुक्रबार एक कार्यक्रमका बिच झण्डोत्तोलन गर्ने कार्यक्रम रहेको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिएका छन ।

रंगशालामा परिशरमा झण्डोत्तोलन गरिने उक्त झण्डा नेपालगञ्जमा बैशाखमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशमा नवौं आयोजनागर्ने गरि प्रतिकका रुपमा गण्डकी प्रदेशलाई हस्तान्तरण गरिएको थियो ।

त्यसै गरि आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट सहभागी भई प्रथम, द्वितिय र तृतिय स्थान प्राप्त गर्ने खेलाडी तथा प्रशिक्षकहरुलाई गण्डकी प्रदेश सरकारको तर्फबाट मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङ्गले सोही दिन नगद पुरस्कार र सम्मानपत्र सहित सम्मान गर्ने छन ।

आठौंं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट प्राप्त मेडल तालिका प्रथम १८, द्वितिय २५ र तृतिय ५० गरि ९३ पदक रहेको छ । व्यक्तिगत इभेन्टस तर्फ प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्ने खेलाडीहरुलाई क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार प्रदान गरिने छ । त्यसैगरि टीम गेमका प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्ने खेलाडीहरुलाई क्रमशः नगद ७ हजार ५ हजार र ३ हजार प्रदान गरिने भएको छ । त्यसै गरि टिम प्रशिक्षकलाई प्रथम, द्वितिय र तृतिय क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार प्रदान गरिनेछ ।

उक्त कार्यक्रम सम्पन्न गर्न करिब १८ लाख खर्च हुने अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन । खेलाडीलाई सम्मान वापत प्रदान गर्ने नगद रकम भने प्रदेश सरकारले उपलव्ध गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close