
केशब पाठक,
पोखरा, २४ असार । कास्की जिल्ला स्तरिय ११ औं राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिताको उपाधी पोखरा महानगर पालिका २५ स्थित गौरिशंकर माबीले उचालेको छ ।

नेपालको नयाँ संरचना अन्तरगत स्थानिय तह अन्तरगत पहिलो पटक आयोजना गरिएको राष्ट्रपति कप प्रतियोगितामा पोखरा महनगरले क्लिन स्विप गरेको हो । उपाधी बिजेतले प्राप्त गरेको शिल्ड भने समन्धित विद्यालयमा रहने आयोजक कास्की जिल्ला खेलकुद बिकास समितीले जनाएको छ ।
पोखरामा दुइृ दिन जारी प्रतियोगितामा गौरिशंकरले एथलेटिक्स तर्फ ८ स्वर्ण, ३ रजत र ३ काश्य पदक जित्दै दौश्रो पटक उपाधी उचालेको हो । गोरिशंकर गत वर्षको समेत उपाधी बिजेता हो ।

यसै गरि प्रतियोगितामा टप्स माबीले एथलेटिक्स तर्फ ५ ६ स्वर्ण, ५ रजत र भलिबल छात्रा तर्फ १ स्वर्ण जित्दै दोश्रो स्थान हासिल गरेको छ । पोखराको कुमुदिनी होम्सले एथलेटिक्समा ३ स्वर्ण हात पार्दै अभरअल तेश्रो स्थान हात पार्न सफल रह्यो ।

यस अघि सम्पन्न भएका प्रतियोगितामा टप्स माबीले एक पटक शिल्ड कव्जा गरिसेकेको छ । टप्सले २०६५, ०६७, २०६८, २०६९, २०७०, २०७१, र २०७३ मा उपाधी जितेको थियो भने गौरीशंकरले २०७२, २०७४ र २०७५ मा उपाधी जितेको छ । कास्कीको सामुदायिक विद्यालय बाट कुनै पनि खेलकुद प्रतियोगितामा लगातार उपाधी हात पार्ने एक मात्र सामुदायिक विद्यालय बन्न पुगेको छ ।
उपाधी संगै गौरीशंकरले नगद १२ हजार, दोश्रो हुने टप्सले नगद १२ र तेश्रो हुने कुमुदिनीले नगद ९ हजार नगद प्राप्त गरेका छन ।

प्रतियोगितामा छात्र तर्फ कुमुदिनी होम्सका सागर नेपालीले ट्रयाक एण्ड फिल्ड तर्फ व्यक्तिगत ३ स्वर्ण जित्दै उत्कृष्ट खेलाडी घोषित भए भने छात्रा तर्फ ट्रयाक एड फिल्ड तर्फ नै ५ स्वर्ण हात पार्दै गौरिशंकर माबीकी अनिषा भण्डारीले उत्कृष्ट खेलाडी भएकी छन । उनीहरुले जनही नगद ५ हजारका साथमा प्रमाणपत्र प्राप्त गरेका छन ।
यता आज नै सम्पन्न छात्र भलिबलमा अन्नपुर्ण गाउँपालिका स्थित बराह माबीले माछापुच्छ्रे गाउँपालिकाको शारदा माबी घाचोकलाई २५–४, २५–२०, १७–२५ र २५–१६ ले पराजित गर्दै प्रथम स्थान हासिल गरेको छ । त्यसै गरि छात्रा भलिबलमा टप्स माबीले पोखरा १७ स्थित छोरेपाटन माबीलाई २५–११, २५–१९ र २५–१० को सोझो सेटमा पराजित गरि प्रथम भयो ।

छात्र भलिबलमा भने अन्नपूर्ण गाउँपािलकालेनै लगातार उत्कृष्ट खेल पदर्शन गर्दै आइरेहको कास्की जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख प्रकाश बरालले बताएका छन । ‘हामीले कुन गाउँपािलकाले कुन खेलमा राम्रो पदर्शन गर्न सक्षम छ त्यसमा हेक्का राख्न सक्यौं भने यूवा खेलाडी उत्पादन हुन सक्छन, त्यसमा ध्यान दिन आवश्यक छ’ बरालले भने ।

बिजयी विद्यालय र खेलाडीहरुलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठ, जिल्ला खेलकुदका कोषाध्यक्ष दिपक बहादुर गोदार, क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, टप्स माबीका संस्थापक रत्नमान गुरुङ, यूवा नेता शिब अधिकारी, विष्णु केसी लगाएतले नगद, शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

दुई दिन सम्म जारी उक्त प्रतियोगितामा कास्की जिल्लाका चार गाउँपािलका सहित पोखरा महानगर पालिकाका गरि ४ सय खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगिता अन्तरगत एथलेटिक्स, तेक्वान्दो, उशु कराते र टिम गेम तर्फ भलिवल र कब्बडीका खेलहरु भएका थिए ।
