
पोखरा, २३ असार । कास्की जिल्ला स्तरिय ११ औं राष्ट्रपति कप सोमबार बाट शुरु भएको छ । दुई दिन सम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद कृष्ण थापाले मुलुकको आर्थिक समृद्धी, समाजमा अनुशासन र गतिशिल नागरिक उत्पादनका लागि खेलकुद महत्वपूर्ण रहने बताए ।
कास्कीका चार गाउँपालिका र पोखरा महानगरपालिका बाट विभिन्न खेलकुदमा उत्कृष्ट रहँदै जिल्ला स्तरिय प्रतियोगितामा सहभागिता जनाउन आएका विभिन्न विद्यालयका छात्र÷छात्राहरुलाई सम्वोधन गर्दै सांसद थापाले भने–‘खेलकुदलेनै समाजको हरेक क्षेत्रमा लाग्ने प्रेरणा दिने भएकाले शिक्षा संगै खेलकुदमा सहभागिता जनाउन आवश्यक छ ।’
कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम बहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका उपप्रमुख कृष्ण कुमारी दवाडी, कास्की जिल्ला खेलकुदका कोषाध्यक्ष दिपक बहादुर गोदार, कार्यालय प्रमुख प्रकाश बराल लगाएतले बोलेका थिए ।

यहि असार २४ गते सम्म चल्ने प्रतियोगितामा कास्कीका माछापुच्छ्रे, अन्नपूर्ण, मादी र रुपा गाउँपालिका तथा पोखरा महानगरपालिकाका स्थानिय तहमा उत्कृष्ट विद्यालयका करिब ४ सय खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा छात्र–छात्रातर्फ भलिबल, एथ्लेटिक्स, कब्बडी र मार्शल आर्ट तर्फ तेक्वान्दो, उशु र करातेमा प्रतिष्पर्धा गरिरहेका छन ।
प्रतियोगितामा बिजेता छात्र–छात्रा टिम तथा खेलाडीले एथलेटिक्स तर्फ विभिन्न इभेन्टमा कुल ३२ पदक, तेक्वान्दो तर्फ ६ स्वर्ण, ६ रजत र ६ काश्य, करातेतर्फ ६ स्वर्ण, ६ रजत र ६ काश्य, उशुतर्फ ६ स्वर्ण, ६ रजत र ६ काश्य, टिम गेम भलिबल र कब्बडी तर्फ तर्फ २ स्वर्ण, २ रजत २ काश्य पदक प्राप्त गर्ने प्रमुख बरालले बताए । प्रत्येक इभेन्टमा बिजेता टिम तथा खेलाडीलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने छ भने सर्वोत्कृष्ट हुने पहिलो, दोश्रो र तेश्रो हुने टिमलाई क्रमश नगद १५, १२ र ९ हजार प्रदान गरिने छ ।
उक्त प्रतियोगितामा सर्वाधिक पदक जित्न सफल हुने टिमले आर्कषक जिल्ल स्तरिय राष्ट्रपती रनिङ शिल्ड प्राप्त गर्नेछ । यो प्रतियोगितामा स्थानियस्तर हुँदै जिल्लामा सर्वश्रेष्ठ हुने खेलाडी तथा टिमले असारको २६ देखि हुने गण्डकी प्रदेश स्तरिय राष्ट्रपती रनिङ शिल्डमा सहभागिता जनाउन पाउने भएका छन । जिल्ला स्तरिय ११ औं राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गर्न करिब ४ लाख खर्च लाग्ने र उक्त रकम राष्ट्रिय खेलकुद परिषदले उपलब्ध गराएको छ ।
