पोखरा रंगशाला फुटबल स्टेडियम असार मसान्तमा नसकिने भयो (फोटो फिचर र भिडियो सहित)

केशब पाठक/तस्बिर: सुदर्शन रंजित/
पोखरा, १९ असार । पोखरा रंगशाला फुटबल स्टेडियम २०७६ असार मसान्तमा सम्पन्न नहुने भएको छ । ‘डिजाइन इन विल्ड’ मा नेपालमा पहिलो पटक निर्माण हुन लागेको पोखरा रंगशाला चार महिना ढिलो गरि सम्पन्न हुने राष्ट्रिय खेलकुद परिषदले आंकलन गरेको हो । पोखराको फुटबल स्टेडियम निर्माण जति ढिलो भइरहेको छ त्यती पोखरेलीहरु बिच पनि चासो बढ्दै गएको छ ।

करिब पाँच महिना अघि नेपाल र भारतको जोइन्ट भेन्चर कम्पनी ग्रेट स्पोर्टस र जावलाखेल स्थित एमए कन्स्ट्रक्सन कम्पनीलाई यूवा तथा खेलकुद मन्त्रालयले १ अर्ब २८ करोडमा ठेक्का दिंदै तोकिएको मिती असार मसान्तमा सक्ने भनिएको थियो । यहि वर्ष २०७६ मंसिर १५ गते बाट नेपालमा १३ औं दक्षिण एशियाली खेलकुद (साग) सुरु हुदैंछ । पोखराको रंगशालामा महिला साग फुटबल गर्ने तयारी बमोजिम निर्माण थालिएको हो ।

यूवा तथा खेलकुद मन्त्रालयका मन्त्रि जगत बहादुर विश्वकर्मा (सुनार) ले रंगशालाको शिलान्यास कार्यक्रममा भनेका थिए–‘काम समयमा सम्पन्न होस, पछि कोही कसै संग पनि रातो मुख लगाउन नपरोस ।’ तर अब मन्त्रि विश्वकर्माको भनाई समेत यति बेला समस्यामा परेको छ । रंगशाला निर्माण कम्पनीका प्रतिनिधीले पनि रंगशालको मध्य भागमा भएको कार्यक्रममा प्रतिवद्धता जनाउँदै असार मसान्तमा पछि त खेलाडीले खेल्ने अनि दर्शकले मज्जाले रंगशालामा बसेर फुटबल हेर्ने गरि काम सक्ने जनाएको थियो । तर सबै प्रतिवद्धताहरु केबल भाषणका लागि मात्रै जस्तो भएका छन ।

‘नेपालको काम कहिले जाला घाम’ जस्तै गरि पोखरा रंगशालाको काम भने यति बेला कछुवाको गतिमा काम अघि बढीरहँदा राष्ट्रिय खेलकुद परिषद पूर्वाधार निर्माण तथा मर्मत शाखाका ईन्जिनियर अरुण उपाध्यायले काम धेरै अघि बढेको बताए । ‘अहिले रंगशालामा लाग्ने सबै सामाग्रीहरु फ्रान्समा निर्माण सुरु भइसकेको छ’ उनले भने–‘प्राविधिक कारणले गर्दा अब चार महिना ढिलो सकिने भयो ।’ उनले परिषदको तर्फ बाट गरिने सबै कामहरु भईसकेको बताए ।

अहिले ‘फिल्ड’को काम भइरहेको र स्टाण्डका लागि खाल्टो खन्ने काम शुरु गरिने इन्जिनियर उपाध्यायले बताए । ‘स्टेडियमको साइज र तयार भएको सामाग्री अनुसार खाल्टो खन्ने काम सुरु हुन्छ’ इन्जिनियर उपाध्यायले भने । ट्रयाकका लागि अवश्यक सामाग्री समेत जर्मनी बाट तयार भएर शिपमेन्ट भइसकेको उनले बताएका छन । रंगशालकामा ट्रयाक एण्ड फिल्डका लागि सिन्थेटिक ट्रयाकको प्रयोग गरिनेछ भने मैदान घाँस पनि फिफाको नियमनुसार प्राकितिक नै रहने जनाइएको छ । १६ हजार ५ सय दर्शक क्षमता रंगशालाको फुटबल प्यारापिट सहित अन्य पूर्वाधारकाका लागि करिब १ अर्व ७५ करोड खर्च गर्ने भनिएको छ ।

यसरीनै हो १५ हजार अट्ने पोखरा रङशाला बनाउने ? भिडियो: सुदर्शन रन्जित, गोलनेपाल

यसरीनै हो १५ हजार अट्ने पोखरा रङशाला बनाउने ? यस्तो सुस्त गतीमा कहिले सम्म बनाउने ? ५ महिनामा बनाउन लागेको रङशाला टिकाउ हुने या नहुने ? पोखरा जस्तो स्थानमा कम्तिमा पनि ४०,००० अट्ने रङशला बनाउनु पर्ने होइन र ? हामीलाई मोडुलर होइन सोलिड कन्क्रिट द्वारा बनाईयको रङशाला चाहिने होइन र ? सम्बन्धित निकाएको ध्यान जानुपर्ने होइन र ? भिडियो: सुदर्शन रन्जित, गोलनेपाल

Posted by GoalNepal.com on Thursday, July 4, 2019

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close