नेपालमा दक्षिण एशियाली स्तरिय शारिरीक सुगठन प्रतियोगिता हुने

पोखरा, १८ असार । नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले नेपालमा ‘बाह्रौ दक्षिण एशियाली शारिरीक सुगठन च्याम्पियनसिप–२०१९’ आयोजना गर्ने जनाएको छ ।

यहि २०७६ श्रावण २ देखि ५ गते सम्म काठमाडौंको प्रज्ञा भवन दक्षिण एशियाली बोडी विल्डिङ तथा फिटनेस महासंघ (एसएबिबिएफ)को तत्वाधानमा उक्त प्रतियोगिता हुन लागेको हो । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै उक्त प्रतियोगिता आयोजना गर्न लागिएको संघको भनाई छ । प्रतियोगितको उद्घाटन उपराष्ट्रपती नन्द वहादुर पुनले गर्ने भएका छन ।

तेस्रोपटक नेपालमा सम्पन्न हुन गैरहेको प्रतियोगितामा दक्षिण एशियाली मुलुकहरु अफगानिस्तान, बंलादेश, भुटान, भारत, माल्दिभ्स्, पाकिस्तान, श्रीलंङ्का तथा आयोजक नेपालको सहभागिता रहने छ । अहिले सम्म दशिण एशियाली प्रतियोगितामा शारीरिक सुगठन खेल मात्रै समावेश गरिएकोमा प्रथम पटक भने आयोजक नेपालले महिला तर्फको प्रतिस्पर्धा शुरुवात गर्ने छ भने बिजेतालाई मिष्टर साउथ एशिया घोषित गरिने छ ।

दक्षिण एशियाका मुलुकहरुको सहाभगिता रहने प्रतियोगितामा शारीरिक सुगठन विधा अन्तर्गत ५५, ६०, ६५, ७०, ७५, ८०, ८५, ९० के.जी. तथा सो भन्दा माथिका तौल समूहमा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । प्रतियोगितामा अहिले सम्मकै उच्च सहभागिता करीब १ सय ३० जना खेलाडीहरुले सहभागिता रहने संघले दाबी गरेको छ ।

त्यस्तै प्रथम पटक शारीरिक सुगठन प्रतियोगिताको विधा अन्तर्गत जुनियर पुरुष शारीरिक सुगठन, पुरुष फिटनेस फिजिक्स, पुरुष एथलेटिक्स फिजिक्स प्रतियोगिता (३ वटा उचाई समूह), पुरुष स्पोर्टस्फिजिक्स (२ वटा उचाई समूह), महिला एथलेटिक्स फिजिक्स तथा महिलना मोडल फिजिक्स खुल्ला उचाई समूह अन्तर्गत समूहमा गरी जम्मा अठार (१८) समूहमा प्रतियोगिता संचालन हुनेछ ।

प्रज्ञा भवन कमलादीमा पाँच दिन सम्म चल्ने उक्त प्रतियेगिता सम्पन्न गर्न करिब १ करोड ३९ लाख लाग्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close