
पोखरा, १५ असार । नेपाल क्योकुसिन कान कराते संघको आयोजनामा सबैको धार्मिक आस्थाको केन्द्रमा रहेको मनकामना मन्दिर परिसरको सरसफाइ गरिएको छ ।
पदाधिकारी, खेलाडीलगायतको टोलीले सरसफाइ गरिएको हो । सोही अवसरमा संघले उक्त क्षेत्रमा निःशुल्क दन्त तथा आँखा जाँच शिविर पनि सञ्चालन गरेको संघले जनाएको छ ।
सो कार्यक्रममा क्यूकिसनका ५० जना भन्दा बढीको सहभागिता रहेको थियो । क्योकुसिन संघले खेलको बिकास संगै गरेको सामाजिक कार्यको सबैले प्रशंसा गरेका छन ।
