नेपाल हाप्किडो संघको साधारण सभा पोखरामा, ‘खेलकुद समृद्धिको यात्रा हो’–उपाध्यक्ष आचार्य

पोखरा स्पोर्टस । नेपाली खेलकुदमा विशेष पहिचान बनाउन सफल मार्शल आर्ट खेलको नेतृत्वदायी संस्था नेपाल हाप्किडो संघको दोस्रो साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ ।

सो साधारण सभाको एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद (राखेप)का उपाध्यक्ष ध्रुब आचार्यले उद्घाटन गरे । सो अवसरमा बोल्दै उपाध्यक्ष आचार्यले समृद्धिको यात्रा खेलकुद बाट सुरूवात हुने बताए । उनले भने–“हामी नेपाललाई खेलाडीहरूको राष्ट्रको रूपमा पहिचान होस भन्ने चाहन्छौं । खेलकुदमार्फत श्रमलाई जोड्दै स्वस्थ्य नागरिक र दक्ष जनशक्ति निर्माण मुलुकको सवलीकरण र समृद्धिको यात्रा अघि बढ्नेछ ।”

खेलकुद सामाजिक सदभाव, पर्यटन, संस्कृतिको विकासका लागि समेत आवश्य रहेको औंल्याउँदै उपाध्यक्ष आचार्यले खेलकुद विकासका लागि राजनिति उत्तिकै अपरिहार्य रहेको समेत जनाए । उनले भने–“हामी कहाँ खेलकुदमा राजनिति गर्नु हुँदैन भन्ने हल्ला चलाइन्छ । राजनिति खेलकुदको ऐरिना भित्र हुनु हुँदैन । त्यहाँ खेलकुदको नियम लागु हुन्छ । तर खेलकुदको व्यवस्थापनका लागि राजनिति शिरोधार्य गर्दै समग्र खेलकुदको विकास र खेलाडीहरुको हितमा कार्य गर्न सकोस ।” अहिले नेपाली खेलकुदमा खेलाडी पलायन भएको भन्ने गलत हल्ला चलाइएको जनाउँदै घरेलु प्रतियोगिताहरु आयोजना गरी उनीहरूको प्रतिस्थापन गर्ने गरी यूवा खेलाडीहरुलाई अघि बढन आवश्यक रहेको उनको भनाई थियो ।

खेलकुद क्षेत्रले हत्या हिंसा र अराजकताको विरोधी रहेको जनाउँदै उपाध्यक्ष आचार्यले खेलाडीहरु गलत हल्लाको पछि नलागी शान्तीको पक्षमा अघि बढ्नु पर्ने जनाए । “अहिले नेपालमा विकास भएन भन्ने गलत रुपमा भ्रम छर्ने काम भएको छ”, उनले भने–“हामी गलत हल्लाको पछि नलागी मुलुकको स्थिरताको विकासका लागि खेलकुदकर्मीहरु अघि बढ्न आवश्यक छ ।”

नेपाली मार्शल आर्ट खेलमा हाप्किडो खेलले विशेष पहिचान बनाउन सफल रहेको बताउँदै उपाध्यक्ष आचार्यले नेपाली खेलकुदको मुलधारमा अघि बढाउन र दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गर्न आफ्नोतर्फ बाट पूर्णरुपमा सहयोग रहने प्रतिवद्धता रहने बताए ।

सो अवसरमा उपाध्यक्ष आचार्यले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता पदक जित्न सफल एक दर्जन बढि खेलाडीहरुलाई सम्मानपत्र वितरण गरेका थिए भने संघले प्रकाशन गरेको स्मारिका विमोचन गरे ।

नेपाल हाप्किडो संघका अध्यक्ष काली बहादुर घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रम उनले नेपाली खेलकुदमा हजारौंको संख्यामा हाप्किडो खेलाडीहरु रहे पनि राज्यले त्यसलाई आत्मसात नगरेको बताए । उनले भने–“नेपाली हाप्किडो ६६ जिल्लामा सक्रिय छ । खेलाडीहरु हजारौंको संख्यामा छन् । अन्तर्राष्ट्रिय ऐरिनामा नेपाली हाप्किडोले राष्ट्रिय झण्डा फहराएको छ । तर पनि हामी प्रति विभेद र असमनताको व्यवहार गरिन्छ ।”

सो अवसरमा अध्यक्ष घर्ती मगरले आफ्नो वार्षिक योजना प्रस्तुत गर्दै हाप्किडो खेलको विकासका लागि योजनावद्ध रुपमा अघि बढने बताए ।

कार्यक्रममा नेपाल हाप्किडो संघकी उपाध्यक्ष तारामाया थापा मगर, गण्डकी प्रदेश हाप्किडो संघका अध्यक्ष खेम बहादुर गुरूङ, नेपाल हाप्किडो संघका उपमहासचिव मोहमद हलवाई, कोषाध्यक्ष विजया कुमारी वाइवालगायतले आफ्ना भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close