नेशनल शोतो करातेमा कुँवर निर्विरोध

पोखरा, १४ असार । नेशनल शोतो कराते डो संघ नेपालको प्रथम साधारण सभाले बलबहादुर कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

ललितपुरमा शनिवार भएको साधारण सभाले कुँवरलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । सबै पदमा निर्विरोध भएको निर्वाचन समितिका प्रमुख धन शाहीले बताए । वरिष्ठ उपाध्यक्षमा गजेन्द्र साउद चयन भए । उपाध्यक्षमा डिल्ल राम पँडेनी, महासचिवमा सुरज अधिकारी, सचिवनमा संजिव बस्नेत, कोषाध्यक्षमा तुलसाकुमारी साउद चयन भए । सदस्यहरुमा गणेश प्रसाद अर्याल, नेत्र कुँवर, पदम सिंह साउद, हिक्मत बहादुर बोहरा र दिनेश चयन भए ।

साधारण सभाको उद्घाटन पूर्व मन्त्री लेखराज भट्टले गरेका थिए । साधारण सभामा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बिर तिम्सिना, नेपाल खेलकुद महासंघका सह संयोजक शिव कोइरालालगायतले सम्बोधन गरेका थिए । नेशनल शोता कराते डो संघले स्थापनाको छोटो समयमा नै राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close