नेपाली प्याराग्लाईडिङ पाइलटहरु प्रशिक्षणका लागि फ्रान्समा, माउन्ट ब्ल्याङ्क चुचुरोमा पुगे

पोखरा, १२ असार । नेपाली प्याराग्लाइडिङ पाइलटहरु यति बेला फ्रान्सको सामुनीमा १५ दिनको प्रशिक्षणका लागि पुगेका छन । प्रशिक्षणका दौरान उनीहरु फ्रान्सको अग्लो हिमालको रुपमा परिचित माउन्ट ब्ल्याङ्कको चुचोरोमा पुगेका छन ।

यहि मे २४ बाट शुरु भएको प्रशिक्षणमा १८ औं एशियाली रजत पदक बिजेता प्याराग्लाइडिङ बिशाल थापा र बिजय गौतम सहित ६ पुरुष र एक जना महिला गरि कुल सात जना पाइलटहरु प्रशिक्षणका लागि पुगेका हुन ।

नेपाली पाइलटहरु आफ्नो प्रशिक्षणका दौरान सुमद्र सतह भन्दा माथी ४ हजार ८ सय मिटर उचाईको माउन्ट ब्ल्याङ्क हिमालमा पुगेको बिशालले बताए । उनले माउन्ट ब्ल्याङ्कमा खिचेका केही तस्बिरहरु फेसबुकमा समेत पोष्ट गरेका छन । करिब ६ वर्षमा उक्त हिमालको मौसम खुलेकोले आफूहरु त्यहाँ अवतरण गर्न सफल रहेको बिशालले बताए । माउन्ट ब्ल्याङ्क हिमाल अल्प्स हिमऋंखलाको सबैभन्दा अग्लो हिमाल हो ।

प्रशिक्षणमा सहभागि हुने अन्य पाइलटहरुमा दामोदर पराजुली, बुद्धी पराजुली, शुवाष थापा, एलिश थापा र महिला पाइलट प्रतिभा भुजेल रहेका छन ।

जुलाई ५ तारिख सम्म संचालन हुने प्रशिक्षण फ्रान्स स्थित आन्सा नामक संस्थाले नेपाली पाइलटहरु लाई छात्रवृती स्वरुप उपलव्ध गराएपछि यो अबसर पाएको बिशाल थापाले बताए । ‘यो हाम्रो लागि निकै ठूलो अबसर थियो, यहाँको यो कठिन प्रशिक्षणले हामी सबैलाई हौसाएको छ’ बिशालले भने । बिशालका अनुसार सहभागीहरुले अहिले दैनिक ३ घन्टा उडान गरिरहेको जनाए । ‘हामी निकै मिहनतका साथ प्रशिक्षणमा व्यस्त छौं’ उनले भने ‘प्याक्ट्रिकल संगै लिखित प्रशिक्षण पनि गर्नु पर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close