
पोखरा, १० असार । कास्की जिल्ला वुद्धिचाल संघको ५ औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले शुक्रकुमार प्रधानको अध्यक्षतामा ९ सदस्य कार्य समिति निर्विरोध चयन गरेको छ ।
उपाध्यक्षमा अनिल बहादुर कोईराला, सचिवमा यूवराज भण्डारी, कोषाध्यक्षमा महेश्वर अधिकारी, सदस्यहरुमा महेन्द्र लिगल, गोविन्द बराल, विनोद नाल्मी, भिम प्रसाद भट्टराई र दिनेशचन्द्र पौडेल रहेका छन् ।
अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल वुद्धिचाल संघका अध्यक्ष एकलाल श्रेष्ठले वुद्धिचाल खेल सबै उमेर समुहका व्यक्तिले खेल्न सक्ने बताउदैँ खेलको विकास र विस्तारमा जोड दिनुपर्नै बताए ।
कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम गुरुङ्गले आवश्यक सहयोग गर्ने प्रतिवद्धता गरे । कार्यक्रममा आजिवन सदस्य परमेश्वर कार्की, केन्द्रिय वरिष्ठ उपाध्यक्ष विदुर गौतम, केन्द्रिय सदस्य बाबुराम पन्तले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
निर्वतमान अध्यक्ष बाबुराम पन्त र श्याम सुन्दर ताम्राकार रहेको निर्वाचन मण्डलले निर्वाचित भएको घोषणा गरेको हो । नव निर्वाचित कार्य समितिका पदाधिकारीहरुलाई केन्द्रिय सचिव धर्म लामाले बधाई तथा शुभकामना व्यक्त गरेको कार्यक्रममा अध्यक्षता कर्ण गुरुङ्ग, स्वागत शुक्रकुमार प्रधान र सञ्चालन सदस्य मिनराज तिमिल्सिनाले गरेका थिए ।
कार्यक्रममा नेपाल बुद्धिचाल संघ वरिष्ठ उपाध्यक्ष विदुरप्रसाद गौतम, नेपाल बुद्धिचाल संघ महासचिव हेराकाजी महर्जन, नेपाल बुद्धिचाल संघ सचीव धरम बहादुर लामा, नेपाल बुद्धिचाल संघ सदस्य उमेश केसि, नेपाल प्याराग्लाईडिङ तथा ह्याङ्ग्लाईडिङ संघका महासचिव शैलेन्द्र राउत लगाएतको उपस्थिति थियो ।
