पोखरा महानगरले खेलकुद पूर्वाद्धार बिकासका लागि छुट्टायो ५ करोड

पोखरा, १० असार । पोखरा महानगर पालिकाले आर्थिक वर्ष २०७६/०७७ को बजेटमा खेलकुद पूर्वाद्धार बिकासका लागि ५ करोड बजेट बिनियोजित गरेको छ ।

पोखरा महानगर पालिकाका उपमेयर मञ्जु देबी गुरुङले मंगलबार पाँचौ नगरसभामा आर्थिक वर्ष २०७६/७७ को बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै खेलकुद पूर्वाद्धार बिकासका लागि ५ करोड रुपैयाँ बिनियोजन गरिएको जनाएकी हुन ।

उप मेयर गुरुङले आफ्नो बजेट मन्तब्यमा गोस्तेघाट, भण्डारढिक, आर्बा र बिजयपुरमा आधुनिक खेल मैदान निर्माण गर्नुका साथै वडा नम्बर २० मा हाइअल्टिच्युट खेल मैदान निर्माण गर्न ३ करोड विनियोजन गरेको जनाएकी छन ।

बजेटमा एक वडा एक खेल मैदान निर्माण कार्यलाई निरन्तरता दिन १ करोड बजेट व्यवस्था गर्नुका साथै ‘स्वास्थ्यका लागि व्यायाम’ मा जोड दिँदै टोल तथा पार्कहरुमा खुल्ला व्यायामशाला निर्माण गर्ने कार्यलाई निरन्तरता दिन १६ स्थानमा व्यायाम सामग्री जडानको लागि ५० लाख बजेट व्यवस्था भएको उल्लेख गरिएको छ ।

त्यसै गरि महानगरले महानगर युवा परिषद् तथा खेलकुद विकास समिति गठन र सञ्चालन गर्न ५० लाख विनियोजन गरेको जनाउँदै महानगर क्षेत्र भित्र रहेका युवा क्लब र सामाजिक संघसंस्थालाई सूचिकृत गरी युवालाई व्यवसाय तथा उद्यममा प्रेरित गर्दै वेरोजगारी समस्या समाधान गर्न युवा उद्यम कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरिएको जनाएका छन ।

पोखरा महानगरका मेयर मान बहादुर जिशीले तिन दिन अघि प्रस्तुत गरेको निती तथा कार्यक्रमका आधारमा उपमेयर गुरुङले महानगरका तर्फ बजेट प्रस्तुत गर्दै आफ्नो दुई वर्षको कार्यकालको अनुभबलाई र सिकाई लाई महत्वपूर्ण आधारको रुपमा ग्रहण गरेको बताउँदै भनेकी छन–‘नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, नेपाल सरकार र गण्डकी प्रदेश सरकारका नीति तथा कार्यक्रम, चालू आवधिक योजना, चालू आ.व.को बजेट, दीगो विकासका लक्ष्य, पोखरा महानगरको बस्तुगत अवस्था, विज्ञहरुबाट प्राप्त राय सुझावलाई आत्मसाथ गरेकी छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close