नेकोस गण्डकीले अन्तर पालिकास्तरिय भलिबल गर्ने

पोखरा स्पोर्टस । नेपाल खेलकुद महासघ (नेकोस) गण्डकीले अन्तरपालिकास्तरिय रनिङ शिल्ड भलिबल प्रतियोगिताका साथै सप्ताहव्यापी खेल महोत्सव आयोजना गर्ने भएको छ ।

नेकोस प्रदेश कमिटिले आफ्नो स्थापना दिवसको अवसरमा आगामी मंसिर १४ देखि २१ गते सम्म भलिबल संगै सप्ताहव्यापी खेल महोत्सव गर्ने भएको हो ।

महोत्सव सम्पन्न गर्न नेकोस गण्डकी प्रदेश अध्यक्ष बिष्णु पुनको सयोजकत्वमा प्रदेश कमिटी गठन गरिएको छ । प्रदेशका ११ वटै जिल्ला कमिटीका पदाधिकारीहरु र पालिका कमिटीको अध्यक्षहरु गरि कुल २३७ सदस्यिय मुल आयोजक समिति समेत गठन गरिएको नेकोस गण्डकीले जनाएको छ ।

खेलकुद महोत्सव अन्तर्गत भलिबल खेललाई प्रमुख प्राथमिकतामा राखी जिल्ला जिल्लामा छनोट प्रतियोगिता आयोजना गरिने अध्यक्ष पुनले जनाएका छन् । बिजेता र उपबिजेता हुन सफल पालिका टिमलाई प्रदेशस्तरमा सहभागी गराई रनिङ शिल्डमा सहभागि गराईने भएको उनले जानकारी दिए ।

रनिङ शिल्ड भलिबल प्रतियोगिता सम्पन्न गर्न कमिटीको उपाध्यक्ष दिपेन्द्र पौडेलको सयोजकत्वमा प्रदेश सचिवालय सदस्यहरु नरेन्द्रनाथ ढुंगाना, धन पुर्जा, नगेन्द्र शर्मा भण्डारी, सत्यराज साप्कोटा, राजन गुरुङ, बालकुमार क्षेत्री, सेत बहादुर पुन, सुबास खड्का त्यसैगरि प्रदेश कमिटी सदस्यहरु कृष्ण तिमिल्सिना, कुमार थिङ लामा, केशब ढकाल, कुमार बहादुर क्षेत्री, पोषण थापा र जिल्ला कमिटीका अध्यक्षहरु र सयोजकहरु रहेको नेकोस गण्डकीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close