पुरुष तर्फ आर्मीका मन बहादुर र दिल कुमार, महिला तर्फ एपिएफका बिनिता र नेबिकाको जोडीलाई बिच भलिबलको उपाधी

केशब पाठक,
पोखरा, ९ असार । पोखरामा सम्पन्न सातौ पुरुष बिच भलिबलको उपाधी नेपाल आर्मी त्रिभुबन क्लब टिम ‘ए’ का मन बहादुर श्रेष्ठ र दिल कुमार सुनारले हासिल गरेका छन । सोमबार सम्पन्न अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा गण्डकी प्रदेश ‘बि’ टिमका राजु बिक र अर्जुन दर्लामी मगरलाई पराजित गर्दै उपाधी हासिल गरेका हुन ।

सम्पन्न फाइनल खेलको पहिलो सेटमा आर्मीले २१–१६ ले आफ्नो पक्षमा पार्नमा सफल रहे पनि दोश्रो सेटमा गण्डकी खेलमा फर्किदै २१–१८ ले आर्मी संग बराबरी गर्न पुग्यो । तर अन्तिम तथा निर्णायक सेटमा आर्मीले १८–१६ अंकले जित्दै उपाधी हासिल गरेको हो ।

यता छैटौ बिच महिला भलिबलको उपाधी शसस्त्र प्रहरी एपिएफ क्लब ‘ए’ टिमका बिनिता बुढाथोकी र नेबिका चौधरीको जोडीले उचालेका छन । फाइनल खेलमा नेपाल पुलिस ‘ए’ टिमका निता शाह र कोपिला उप्रेतीको जोडी लाई २१–१३, २१–१३ को सोझो सेटमा हराउँदै उपाधी उचालेका हुन ।

बिजेता टिम तथा खेलाडीले उपाधी संगै प्रथम नगद पुरुस्कार राशी ३०, दोश्रोले २० र तेश्रो हुने टिम तथा खेलाडीले १० हजारका साथ कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । प्रतियोगितामा एपिएफ ए टिमकी खेलाडी बिनिता बुढाथोकी र पुरुष तर्फ नेपाल आर्मी ए टिम दिल कुमार सुनार उत्कृष्ट खेलाडी घोषित हुँदै नगद ३/३ हजारका साथमा प्रमाणपत्र प्राप्त गरेका छन ।

प्रतियोगितामा महिला र पुरुष तर्फ पहिलो, दोश्रो र तेश्रो हुने टिमका ६/६ जना खेलाडीहरु नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) र मालदिभ्समा हुने एशियन सेन्ट्र जोन बिच भलिबलका लागि छनौटमा परेको नेपाल भलिबल संघका बरिष्ठ उपाध्यक्ष एवम खेलाडी छनौट समितीका संयोजक याम बहादुर गुरुङले जानकारी दिएका छन । उनीहरुको बन्द प्रशिक्षण पछि अन्तिम छनौटमा महिला र पुरुष तर्फ ४/४ जना खेलाडी छनौट गरिने उनले बताए ।

बिजेता टिम तथा खेलाडी र प्रतियोगिताका रेफ्रिहरुलाई गण्डकी प्रदेशका सांसद राजिब पाहारी, पश्चिम पृतनापती काजी बहादुर बस्नेत, पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिबी पोखरेल लगाएतले कप, मेडल, प्रमाणपत्र, नगद र मायाको चिनो वितरण गरेका थिए ।

समापन कार्यक्रममा नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष याम बहादुर गुरुङ, पश्चिम पृतनापती काजी बहादुर बस्नेत, भलिबल संघका सल्लहाकार एवम पोखरा महानगरपालिकाका कानुनी अधिकृत नारायण प्रसाद शर्मालाई खेलकुदको क्षेत्रमा पुर्याएको योगदानका लागि सम्मान गरिएको थियो ।

समापन कार्यक्रम कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीको अध्यक्षमा सम्पन्न भएको थियो ।

कास्की जिल्ला भलिबल संघको आयोजनामा यहि असार ५ गते बाट शुरु भएको प्रतियोगितामा सात प्रदेश र विभागिय टिम सहित १७ पुरुष र १४ महिला टिम गरि कुल ३१ टिमको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close