बिच भलिबल उपाधीका लागि गण्डकी प्रदेश ‘बि’ का राजु र अनिलको जोडी आर्मी ‘ए’ का मन बहादुर र दिल कुमारको जोडी भिड्ने

पोखरा, ८ असार । पोखरामा जारी साँतौ पुरुष बिच भलिबलको उपाधीका लागि गण्डकी प्रदेश ‘बि’ र त्रिभ्वन क्लबको नेपाल आर्मी ‘ए’ टिम उपाधीका लागि भिड्ने भएका छन ।

आइतबार सम्पन्न सेमिफाइनलमा नेपाल आर्मी ‘ए’ टिमका जोडी मन बहादुर श्रेष्ठ र दिल कुमार सुनारको जोडीले गण्डकी प्रदेश ‘ए’ टिमको सञ्जु बिक्रम शाह र रमेश केसीको जोडीलाई प्रतिष्पर्धात्मक खेलमा पराजित गर्दै उपाधी नजिक पुगेको हो ।

गण्डकी प्रदेश ‘ए’ का शाह र केसीले आर्मी संगको खेलमा पहिलो सेट २१–१४ ले गुमाउन पुगे पनि खेलमा फर्किदै दोश्रो सेटमा १२–२१ ले खेल आफ्नो पक्षमा पारेका थिए तर निर्णायक सेट भने १५–११ गुमाउँदा फाइनलको यात्रा पुरा गर्न सकेनन ।

पुरुष तर्फको अर्को सेमी फाइनल खेलमा गण्डकी प्रदेश ‘बि’ टिमका राजु बिक र अनिल दर्लामी मगरको जोडीले नेपाल पुलिस ‘ए’ टिमका चन्द्र कुवर र तोरण बहादुर चन्दको जोडीलाई २१–१५, १८–२१ र १५–९ ले जित्दै उपाधी होडमा आफ्नो स्थान शुरक्षित गरेका छन ।

यता महिला तर्फ नेपाल पुलिस ‘ए’ टिमका कोपिला उप्रेती र निता शाहको जोडी र शसस्त्र प्रहरीको एपिएफ क्लबका बिनिता बुढाथोकी र नेबिका चौधरीको जोडी छैटौं राष्ट्रिय महिला बिच भलिबलको उपाधीका लागि भिड्ने भएका छन ।

यता आइतबार भएको तेश्रो स्थानको पुरुष तर्फको खेलमा गण्डकी प्रदेश ‘ए’ ले तेश्रो स्थान हासिल गरेको छ । गण्डकी ‘ए’ टिमका सञ्जु बिक्रम शाह र रमेश केसीको जोडीले पुुलिस ‘ए’ लाई सोझो सेट २१–१७ र २३–२१ ले पराजित गर्दै प्रतियोगितामा तेश्रो स्थान पक्का गरेको अन्तर्राष्ट्रिय भलिबल रेफ्रि तथा प्रतियोगिताका रेफ्रि संयोजक तहल सिंह थापा मगरले जनाएका छन ।

महिला तर्फ नेपाल आर्मीका नेपाल पुलिस ‘बि’ टिमका मनिषा चौधरी र पुष्पा चौधरीको जोडी तेश्रो स्थान प्राप्त गरेको छ । मनिषा र पुष्पाको जोडीले नेपाल आर्मीका मनिषा खाँड र पुष्पा पल्परियाको जोडीलाई ८–२१, २१–१२ र १५–१२ ले पराजित गर्दै तेश्रो स्थानको पदक शुरक्षित गरेका हुन ।

यहि असार ५ गते बाट फेवाताल किनार बराही घाटमा शुरु भएको उक्त प्रतियोगिता असार ७ गते सक्ने लक्ष्य लिइएको भए पनि दुई दिन ढिलो गरि असार ९ गते मात्रै फाइनल खेल सम्पन्न हुने आयोजक कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close