लनटेनिस खेल्न टोली बंगलादेश प्रस्थान

पोखरा, ७ असार । आईटीएफ एसिया यु–१२ टिम च्याम्पियनसिपमा भाग लिन ६ खेलाडी र २ प्रशिक्षकसहित ८ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गरेका छन् ।

पुरुषमा आरभ सम्राट हाडा, प्रणव मानन्धर र सक्षमविक्रम शाह तथा महिलामा इभा अधिकारी, प्रशंसा मोक्तान र जेनी खड्काले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा कृष्णराज घले र आत्माराम कार्की छन् ।

टोलीलाई नेपाल टेनिस संघका महासचिव मनोहरदास मुलले शनिबारै एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता जुन २३ देखि २८ तारिखसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close