‘गण्डकी प्रदेशलाई सांस्कृतिक पर्यटनको हव बनाउछौं’– आर्थिक मामिला मन्त्रि गुरुङ

पोखरा, गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि किरण गुरुङले गण्डकी प्रदेशलाई सांस्कृतिक पर्यटनको हव बनाउने बताएका छन ।

पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलक द्वारा आयोजित बिजया दशमी, दिपावली, नेपाल सम्वत छट लगाएत पर्वहरुमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा मन्त्रि गुरुङले उक्त कुरा बताएका हुन ।

नेपालका हरेक ठाउँमा मनाइने पर्वहरु आफ्नै विशेषता रहेका हुनाले ति पर्वहरु कुनै जाती विशेष हुन नसक्ने बताउँदै भने–‘ति पर्वहरु सबै राष्ट्रिय पर्व र संस्कृती हुन हामी सबै नेपालीले संगै एक भएर मनाउनु पर्छ कुनैे जात जातीको घेरामा राखिनु हुँदैन ।’ पुर्खाले कहिल्यै पनि शिर नुझुकाई अखण्ड एकताको शुत्रमा वाँधेको देश नेपाल रहेको धाराणा राख्दै उनले पुर्खाहरुको सम्मानका लागि समेत यि पर्वहरुको विशेष महत्व रहेको बताए ।

कार्यक्रममा बगर भाइ खलक जापानका नविन गुरुङ, वगर भाइ खलक यूकेका मोहन गुरुङ र राजेन्द्र गुरुङ लगाएतलाई स्वागत तथा सम्मान गरिएको थियो । सोही अवसरमा आठौं संस्करणको स्व.रञ्जित गुरुङ स्मृती एटए साइड भेट्रान फुटबल प्रतियोगितामा सहयोग तथा प्रायोजन गर्ने हिम श्री फुड्सका प्रवन्ध निर्देशक प्रकाश केसी, गण्डकी प्रदेश लोक दोहोरी गित प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र गुरुङ, पोखरा महानगरपालिका वडा नं १ की अध्यक्ष शारदा पराजुली, शितल ज्योती युवा क्लबका उपाध्यक्ष नर काजी गुरुङ, साझा पार्टी पोखराका नगर संयोजक मानकाजी गुरुङ, लेकाली व्याण्ड लगाएतलाई सम्मान गरिएको थियो ।

भाइखलकका अध्यक्ष दिल बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाले आयोजन ागर्ने नवौ संस्करणको एटएसाइड भेट्रान फुटबल प्रतियोगिता यो वर्ष माघ ६ गते बाट ११ गते सम्म आयोजना गर्ने भएको संस्थाका महासचिब तथा कास्की जिल्ला खेलकुदका निवर्तमान अध्यक्ष याम गुरुङले जानकारी दिए । यसै गरि संस्थाले हरेक वर्ष आयोजना गर्ने देउसी भैलो कार्यक्रम कार्तिक ११ र संस्थाको वार्षिक साधारण सभा पुष ५ गते हुने जनाइएको छ ।

२०६८ सालमा स्थापना भएको बगर भाइखलक पोखराको प्रतिष्ठित सामाजिक तथा खेलकुदको क्षेत्रमा परिचित छ । संस्थाले ४५ वर्ष उमेर समुह भन्दा माथीको भेट्रान फुटबल लगाएत अन्य सामाजिक कृयाकलापका गतिविधीहरु गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close