
पोखरा, ६ असार । राजन कुमार बड्गामीको अध्यक्षतामा भारोत्तोलन संघ कास्कीको १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । बड्गामी अध्यक्ष पदको जिम्मेवारी सम्हाले पछि यो खेलले कास्कीमा थप गति लिने विश्वास लिइएको छ ।
बिहीबार भएको निर्वाचनबाट प्रथम उपाध्यक्षमा उमेश सिके, द्वित्तीय उपाध्यक्षमा रामजी ध्वजु, सचिवमा विनोद अधिकारी, सहसचिवमा डिक बहादुर राई तथा कोषाध्यक्षमा ई.उत्तम उदास चयन भएका छन् ।
त्यस्तै गरेर अन्य सदस्यहरुमा गौतम उदास, प्रेमलाल श्रेष्ठ, पुर्ण श्रेष्ठ, देउ बहादुर नेपाली, धन बहादुर झाँक्री, पुष्प उदास, योगिता गुरुङ, बबिता गुरुङ तथा बसन्ती गुरुङ रहेका छन् । अध्यक्षमा निर्वा्चित भइसकेपछि अध्यक्ष बड्गामीले कास्कीको भारोत्तोलन क्षेत्रको विकासका लागि आफु लागिरहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
