
पोखरा स्पोर्टस । नेपाली खेलकुदको अभिभावक संस्था राष्ट्रिय खेलकुद परिषदको स्थापनाको ५८ औं राष्ट्रिय खेलकुद दिवस पोखरामा मनाइएको छ ।
नेपालमा राष्ट्रिय खेलकुद परिषद स्थापनाको दिनलाई खेलकुद दिवसको रुपमा मनाइदै आएको छ । सोही अवसरमा आइतवार पोखरा रंगशालामा दिप प्रज्वलन कार्यक्रम गरिएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका निर्देशक कृष्ण तिमिल्सिनाले जनाएका छन ।
सोही अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीले सोमबार पोखरामा विशेष कार्यक्रम गर्ने जनाएको छ । संस्थाका अध्यक्ष तथा पोखरा महानगर खेलकुद विकास समितीका अध्यक्ष दिपक बहादुर गोदारले पोखरा रंगशालामा मैत्रीपूर्ण खेल सहित खेलकुद दिवस मनाइने पोखरा स्पोर्टसलाई जानकारी दिएका छन ।
