सुटिङ संघको उपाध्यक्षमा रानाभाटको मनोनयन, ‘नेपालको सुटिङ खेललाई माथी उठाउन मेरो भूमिका रहनेछ’–रानाभाट

पोखरा, ५ असार । नेपाल सुटिङ संघको उपाध्यक्षमा राष्ट्रिय खेलकुद परिषदका पूर्ब निर्देशक रिम रानाभाटलाई मनोनयन गरिएको छ । संघको काठमाण्डौमा सम्पन्न ३४ औं पूर्ण बोर्ड बैठकले रानाभाटलाई सर्वसम्मत रुपमा उपाध्यक्षमा मनोनयन गरेको हो ।

नेपाली खेलकुदको शिर्ष स्थानमा रहेर महत्वपूर्ण योगदान पुर्याएका रानाभाट यहि जेठ १५ गते बाट राष्ट्रिय खेलकुद परिषदकको उच्च गरिमामय पद, निर्देशक पद बाट अवकाश पाएका थिए । उनी राष्ट्रिय खेलकुद परिषदमा २०४२ सालमा भलिबल प्रशिक्षकको रुपमा प्रवेश गरेका थिए ।

आफ्नो जिवन कालमा ३४ वर्ष खेलकुदमा रहेर अवकाश पाएका रानाभाट सेती अञ्चल क्षेत्रिय खेलकुद संयोजक, गण्डकी अञ्चल खेलकुद संयोजक, २०५१ सालमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद संयोजक, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती कार्यलय प्रमुख, पश्चिमाञ्चल तालिम तथा प्रशिक्षण विभागको निर्देशकका रुपमा समेत आफ्नो गहन जिम्मेबारी निभाएका थिए ।

खेलकुद भित्र स्वच्छ छवी बनाउन सफल रहेका रानाभाट परिषदको नेपाल खेलकुद अनुशन्धान विभागको अनुशन्धान निर्देशक, राष्ट्रिय टिम तयारीको निर्देशक, तालिम तथा प्रशिक्षण विभागको निर्देशक, खेलकुदका विभिन्न महत्वपूर्ण निकायहरुमा प्रमुखको जिम्मेवारी समेत सफलतापूर्वक सम्हालेर उनले योग्य र सक्षम कर्मचारीको रुपमा संघै प्रशंसा पाएका थिए ।

उनको मनोनयन बारे कुरा गर्दै संघका महासचिब प्रदिप खातीले नेपालको सुटिङ खेललाई माथी उठाउन रानाभाट जस्तो टेक्निकल व्यक्तित्वको आवश्यक्ता रहेको बताए । ‘आफ्ना केही प्रविद्धता सहित संघको उपाध्यक्षमा मनोनयन गरेका छौं र आगामी १३ औं दक्षिण एशियाली खेलकुदमा पनि सुटिङ खेल बाट पदक जिताउन रानाभाटले भूमिका खेल्ने विश्वास लिएका छौं’– महासचिब खातीले भने ।

आफूलाई सुटिङ संघले महत्वपूर्ण र गरिमामाय पद उपाध्यक्ष पदमा मनोनयन गरेकोमा धन्यबाद दिंदै रानाभाटले आफुले सुटिङ खेललाई माथी उठाउन सक्दो कार्य गर्ने बताए । पोखरा लगाएत अन्य महत्वपूर्ण शहरहरुमा सुटिङ खेलका पूर्वाधारहरुको बिकास गर्दै खेलाडी उत्पादन गर्ने तर्फ आफ्नो ध्यान केन्द्रित हुने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close