पोखरामा बिच भलिबलको तयारी पुरा, ४० टिमको सहभागिता

पोखरा, ४ असार । जिल्ला भलिबल संघ कास्कीको आयोजनामा यही असार ५ देखि ७ गतेसम्म पोखरामा हुने पुरुष तथा महिला राष्ट्रिय विच भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । फेवाताल किनारमा रहेको विच भलिबल कोर्टमा छैटौँ संस्करणको महिला तथा सातौँ संस्करणको पुरुष राष्ट्रिय प्रतियोगिता हुन लागेको हो ।

बालुवा थपेर मैदानको स्तरोन्नति गरी सहजरूपमा खेल्न मिल्ने बनाइएको तथा खेलाडीहरु पोखरा आउने क्रम समेत शुरु भएको संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिएका छन् । प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र तथा नेपाली सेनाको गरी तीन विभागीय तथा सात प्रदेशका एक/एक टिमबाट पुरुष तथा महिलाको छुट्टाछुट्टै दुई/दुई टिम गरी कुल ४० टिमले प्रतिष्पर्धा गर्ने पराजुलीले बताए ।

विजेता महिला तथा पुरुष टोलीले समान नगद ३०/३० हजार प्राप्त गर्ने छन् । द्वितीय हुनेले २०/२० हजार तथा तेस्रो हुने टोलीले १०/१० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । उत्कृष्ट महिला तथा पुरुष दुवै खेलाडीलाई पनि नगद ३/३ हजारबाट पुरस्कृत गरिने बताइएको छ । तीन दिनसम्म आयोजना हुने प्रतियोगिता सम्पन्न गर्न २२ लाख ५० हजार खर्च लाग्ने संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close