लण्डनमा गोर्खा कपको भब्य तयारी पुरा, यसरी चल्दैछ तयारी

केशब पाठक,
लण्डन, ११ जेठ । तमु धिं यूकेले आयोजना गर्ने १७ औं संस्करणको भब्य तयारी चलिरहेको छ । लण्डन स्थित क्विन्स एभेन्यू खेल मैदानमा यहि मे २५ अर्थात जेठ १२ गते आयोजना हुने गोर्खा कपको लागि तमु धिं यूकेको सम्पूर्ण टिमले उत्साह पूर्वक तयारी सम्पन्न गरेको हो ।

मुख्य फुटबल स्पर्धा तर्फ ३२ र भेट्रान तर्फ १० टिम गरि ४२ टिमको सहभागिता रहेको आयोजक तमु धिं यूकेका अध्यक्ष नन्दजङ गुरुङले बताए । अध्यक्ष गुरुङका अनुसार सम्पूर्ण तयारी पुरा भएको र आइतबार बिहान बाट बेलायत लगाएत अन्य यूरोपेली मुलुक बाट सहभागिता जनाएका टिम बिच खेल शुरु हुने बताए । “हाम्रो सम्पूर्ण तयारी पुरा भएको छ, आइतबार विशेष पर्वको रुपमा गोर्खा कपको १७ औं संस्करण शुरु हुनेछ” अध्यक्ष गुरुङले भने ।

बेलायत अल्डरशट क्विन्स एभेन्यू खेल मैदानमा खेल संचालनका लागि ११ वटा खेल मैदान तयार पारिएको तमु धिं यूकेका संस्थापक अध्यक्ष मिन गुरुङले जानकारी दिए । गोर्खा कप सन १९९७ बाट शुरु भएता पनि यसलाई तमु धिं यूकेको स्थापना पश्चात यसलाई सन २००२ बाट अफिसियल खेलको रुपमा संचालन गर्न शुरु गरिएको संस्थापक अध्यक्ष गुरुङले बताए ।

लण्डन जस्तो अति व्यस्त शहर भित्र शुरु हुने १७ औं संस्करणको गोर्खा कपको तयारीका बारे कुरा गर्दै आयोजक संस्थाका पूर्ब अध्यक्ष मुछेत्र गुरुङले खेल मैदानमा करिब १० हजार भन्दा बढी दर्शकहरु फुटबल हेर्न आउने बताए । “आइतबार बिदाको दिन मात्रै नभएर तमु धिंको गोर्खा कपमा नेपाली समुदाय र स्थानियहरुको पनि उत्तिकै चासो रहन्छ” गुरुङले भने–“गोर्खा कप सफल बनाउन आमा समुह देखि सबैले उत्तिकै खटेर काम गरेका छन ।”

Posted by PokharaSports.com on Saturday, May 25, 2019

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close