‘कोशीमा पानी जहाज आकाशमा प्याराग्लाईडिङ’ प्रदेश नं १ को सुनसरी र उदयपुरमा प्रशिक्षण केन्द्र

केशब पाठक,
पोखरा, ४ जेठ । प्याराग्लाईडिङ भन्ने बित्तिकै विश्वमा परिचित ठाउँ हो पोखरा । लाखौं स्वदेशी तथा विदेशी पर्यटकहरु शाहसिक खेलकुद प्याराग्लाईडिङका लागि पोखरा आउने गर्छन । यसमा चिनिया पर्यटकहरुको संख्या भने झनै अधिक छ । प्रदेश नं १ को सुनसरीको धरान र उदयपुरको बेलखा भने अब प्याराग्लाईडिङ प्रशिक्षणका लागि परिचित हुने भएको छ ।

त्यो मात्रै होइन कोशीमा पानी जहाज र आकाशमा प्याराग्लाईडिङ प्रदेशको १ को विशेषताको रुपमा रहने गरि प्याराग्लाईडिङ ति दुई जिल्लामा प्रशिक्षण केन्द्र संचलन गर्न लागिएको हो । धरान र उदयपुरलाई नेपाल सरकार प्रधानमन्त्रि स्तरिय २०७६ बैशाख २५ गतेको निर्णयलाई टेकेर संस्कृती पर्यटन तथा नागरिक उड्ययन तथा प्राधिकरणले श्री एशियन प्याराग्लाईडिङ एकेडेमी प्राली ललितपुरलाई धरान र उदयपुरमा प्रशिक्षण केन्द्र संचालनका लागि इजाजत दिएको हो ।

प्याराग्लाईडिङ प्रशिक्षण केन्द्र संचालन गर्न प्रधानमन्त्रि स्तरिय निर्णय भने पहिलो नै हो । यस अघि करिब १२ वर्ष अघि ललितपुरमा प्याराग्लाईडिङ संचालन गर्न मन्त्रि स्तरिय निर्णय काठमाण्डौ प्याराग्लाईडिङलाई इजाजत दिइएको थियो ।  त्यो बेला तत्कालिन प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले प्याराग्लाइडिङ संचलनको उद्घाटन समेत गरेका थिए । ठिक १२ वर्ष पछि प्रधान मन्त्रि केपी ओलीले सुनसरी र उदयपुरमा गरि दुई ठाउँमा संचालन इजाजत दिएका छन ।

प्याराग्लाइडिङ मात्रै प्रधानमन्त्रि र मन्त्रि स्तरिय निर्णयमा संचालन हुने एक मात्र खेल भएको छ । इजाजत पाए संगै राष्ट्रिय खेलकुद परिषद र नेपाल प्याराग्लाईडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा)ले पनि प्याराग्लाईडिङ खेलाडी उत्पादन गर्न संयुक्त रुपमा काम गर्ने जनाइएको छ ।

प्राधिकरणले आधिकारिक रुपमा प्रशिक्षणका लागि इजाजत दिए पछि प्याराग्लाईडिङ सिक्न चाहने यूवाहरुका लागि अब २ वर्षे कोर्ष सहित संचालन हुने नेपाल प्याराग्लाईडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) का महासचिब तथा कम्पनीका संचालक शैलेन्द्र राउतले बताए । उनले भने–‘शुरुमा ३ महिने बेसिक कोर्ष देखि २ वर्ष सम्मको प्रशिक्षणले एक कुशल पाइलट, प्रशिक्षक र प्याराग्लाइडिङका लागि खेलाडी उत्पादन हुनेछन ।’ यि प्रशिक्षण केन्द्र बाट नेपालमा पूर्ण व्यबसायिक पाइलट, प्रशिक्षक र ओलोम्पिक खेलको विधी अनुसार खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको राउतले बताए ।

नेपालमा हाल सम्म रहेका प्याराग्लाईडिङ अधिकांश पाइलटहरु स्वयं प्रशिक्षित छन । प्याराग्लाईडिङलाई व्यवस्थित बनाउन प्राधिकरणले एक पाठ्यक्रम नै तयार गरेको छ । प्राधिकरणको पाठ्यक्रम अनुसार पूर्ण व्यवसायिक टेन्डम पाइलट बन्न दुई वर्ष अध्ययन गरेको हुनुपर्नेछ । त्यही पाठ्यक्रम अनुसारनै इजाजत संचालन पाएको कम्पनीले प्रशिक्षण शुरु गरिने नेफाका महासचिब राउतले जानकारी दिए । ‘हामी प्याराग्लाईडिङका हरेक कोर्ष संचालन गर्न छुट्टा–छुट्टै प्रशिक्षक/शिक्षकहरु परिचालन गर्नेछौ’ उनले भने–‘अहिले सम्म यस्तो इजाजत पाएका कम्पनीले त्यस्तो सुविधा दिन सकेका छैनन ।’ ‘एउटै शिक्षकले सबै विषय पढाउन सक्दैन, त्यही भएर पनि प्याराग्लाईडिङका कोर्षमा पनि विषयगत शिक्षक नियुक्ती गर्दैछौ’ उनले प्रष्टाए ।

एशियन प्याराग्लाईडिङ कम्पनीले १२ जना प्रशिक्षक सहित एक जना प्रिन्सिपल नियुक्त गर्ने भएको छ । ति १२ जना प्रशिक्षकले विषयगत अध्यापन गराउने महासचिब राउतले बताउँदै भन्छन–‘हामी प्रशिक्षण केन्द्रलाई व्यवस्थित रुपमा अगाडी बढाउने छौं ।’ एक जना व्यवसायिक पाइलट, प्रशिक्षक र खेलाडी बन्न दुई वर्षमा करिब ४ देखि ५ खर्च लाग्ने छ । अहिले नेपालको पोखरा र स्याङजामा गरि दुई वटा प्रशिक्षण केन्द्रहरु संचालनमा रहेका छन ।

इजाजत पाए संगै एशियन प्याराग्लाइडिङले जेठको अन्तिम वा असारको पहिलो हप्ता देखि कक्षा शुरु गर्ने जनाएको छ । ‘हामीले यि दुई ठाउँका प्रशिक्षण केन्द्रको उद्घाटन विशेष रुपमा गर्ने सोच बनाएका छौं’ महासचिब राउतले भने–‘नेपालको प्याराग्लाइडिङ खेल इतिहासमा प्रशिक्षण केन्द्र कोशे ढुङा हुनेछ र यूवाहरुलाई स्वरोजगारका लागि नयाँ सम्भावनाको ढोका समेत खोल्नेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close