प्रधानमन्त्री कप क्रिकेट स्थगित, जेठ ८ देखि हुने

पोखरा, १ जेठ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेसनलको सहकार्यमा हुने तेश्रो प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता स्थगित भएको छ ।

जेठ १ देखि २४ गतेसम्म हुने भनिएको प्रतियोगिता प्राविधक कारणले जेठ ८ देखि २४ गते सम्मलाई सारिएको राखेप अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् ।

टीयू क्रिकेट मैदानमा मात्र हुने भनिएको प्रतियोगिताका खेलहरु अब टीयूसंगै मुलपानी क्रिकेट मैदानमा पनि खेलाइने प्रमुख शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close