
पोखरा, २७ बैशाख । नेपाल हवाई खेलाकुद संस्था (ना) का उपाध्यक्ष तथा कार्यकारी अधिकृत कृष्ण भण्डारी र नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका सचिब ईन्द्र भण्डारीलाई मातृ शोक परेको छ ।
भण्डारी द्वयकी आमा भद्री भण्डारीको ८४ वर्षको उमेरमा यहि बैशाख २६ गते पोखरा ६ जरेबरमा आफ्नै निवासमा निधन भएको हो । स्व. भण्डारीका तिन भाई छोरा मध्ये जेठा छोरा दुर्गा दत्त भण्डारी नेकपा कास्कीका प्रस्तावित जिल्ला कमिटीका सदस्य हुन ।
स्व. भण्डारीका तिन छोरा र ७ छोरीहरु रहेको परिवार स्रोतले जनाएको छ । स्व. भण्डारीको बैशाख २६ गते नै रामघाटमा अन्तिम दाह संस्कार गरिएको हो ।
