
पोखरा, २० बैशाख । नेपालभलिबल संघले बर्ष २०७६ को बाषिर्क क्यालेञ्डर सार्वजनिक गर्दै वर्षभरि ७ करोड ५० लाख खर्च गर्ने महत्वकाँक्षी योजनाका साथ अगाडी आएको छ ।
अघिल्लो बर्ष जस्तै संघले यसपटक पनि बर्षभरी नै भलिबललाई ब्यस्त बनाउन नयाँ कार्यतालिका ल्याएको हो । संघले आयोजना गरेको पत्रकार सम्मेलनमा २२ विभिन्न कार्यक्रम सहित वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । संघको कार्यक्रम जेठ १३ गतेबाट शुरु हुनेछ । संघले एफआइभीबी लेभल वान कोचेस कोर्षलाई पहिलो कार्यक्रमको रुपमा शुरु गरेको छ ।
संघका वार्षिक कार्यक्रम यस प्रकार रहेका छन । जस अन्तरगत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता र प्रशिक्षणका कार्यक्रमहरुलाई विशेष जोड दिइएको छ ।
१. एफआइभीबी लेभल वान कोचेस कोर्ष – काठमाडौं
२. राष्ट्रिय टिम प्रशिक्षण (पुरुष) – काठमाडौं
३. भलिबल डे (जेठ ८) सातै प्रदेश
४. छैटौ महिला तथा सातौ पुरुष बिच भलिबल –पोखरा
५. ओलम्पिक डे (असार)
६. राष्ट्रिय बिचभलिबल रेफ्रीकोर्स
७. राष्ट्रिय रेफ्री क्षेत्रीय रिफेरिङ कोर्स
८. एसियन रेफ्री क्यान्डिडेट कोर्स
९. एभीसीएसियन सिनियर सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनशिप (साउन ३२–भदौ ८)
१०. राष्ट्रिय टिम प्रशिक्षण (महिला)
११. पाँचौ एनभिए र एनएसटी पुरुष राष्ट्रिय क्लब च्याम्पियनशिप
१२. पाँचौ एनभिए र एनएसटी महिला राष्ट्रिय क्लब च्याम्पियनशिप
१३. यु–१७ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता
१४. एसियन सेन्ट्रल जोन महिला र पुरुष बिच भलिबल
१५. १३औं दक्षिण एशियाली महिला/पुरुष भलिबल च्याम्पियन सिप
१६. २४औं राष्ट्रिय महिला भलिबल प्रतियोगिता
१७. तेस्रो एनभिए अवार्ड
१८. ३३ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता
१९. अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल पुरुष/महिला
२०.पाँचौ आरबीबी–एनभिए राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिता
२१.पाँचौ आरबीबी–एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल प्रतियोगिता
२२. प्रथम एशियन सेन्ट्रल जोन सिनियर भलिबल च्याम्पियनशिप
