
पोखरा, १६ बैशाख । पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल आर्मी र एपीएफ उपाधि भिडन्त पक्का गरेका छन् । सोमबार भएको पहिलो सेमिफाईनलमा एपीएफले होङगान्जी न्युडायमण्डलाई २५–१६,२५–२० र २५–१६ को सोझो सेटमा हराउँदै उपाधीका लागि स्थान शुरक्षित गरेको हो ।

एपीएफका लागि उत्कृष्ट प्रदर्शन गदै वमन अफ द म्याच बनेकी हिरा केसीले नगद ५ हजार र आकर्षक ट्रफि हात पारिन्् । दोश्रो सेमिफाईनमा नेपाल आर्मीले पुलिसलाई २१–२५,२५–१८,२८–२६ र २५–१३ कोे सेटमा हरायो । आर्मीका लागि उत्कृष्ट प्रदर्शन गदै वमन अफ द म्याच बनेकी निरुता ढगुुन्नाले नगद ५ हजार र आकर्षक ट्रफि हात पारिन् । मंगलवार होङगान्जी न्युडायमण्ड र पुलिसबीच तेश्रो स्थानका लागि खेल हुने छ भने आर्मी र एपीएफबीच फाईनल खेल पनि सम्पन्न हुनेछ ।
शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा संचालन भएको प्रतियोगिताका बिजेताले २ लाख, उपबिजेताले १ लाख, तृतिय हुने टिमले ५० हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोेकृष्ट खेलाडी र शेरवहादुर खड्का स्पेशल अवार्ड बिजेताले जनही १५–१५ हजार प्राप्त गर्नेछन् ।
बिद्यागततर्फ वेष्ट स्पाईकर, वेष्ट सेटर,बेष्ट ब्लक,बेष्ट डिफेन्स,बेष्ट क्विकर, बेष्ट सर्भर र बेष्ट कोचले जनहि ५ हजार नगद प्राप्त गर्ने छन् । मार्वल टेक्नोप्लस,मुक्तिनाथ बिकास बैंक सह प्रायोजक तथा एनआईसी एशिया बैंक बैंकिङ पाटनर रहेको प्रतियोगिताको प्रत्येक खेलको वमन अफ द म्याचलाई नगद ५ हजार सहित आर्कषक ट्रफिले पुरस्कृत गर्ने भएको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय हुने खेलाडी, प्रशिक्षक, ब्यवस्थापक र अन्य ३ टिमका प्रशिक्षक टिम कप्तान र ब्यवस्थापकको लागि फाईनल खेल पश्चात अन्नपूर्ण होटल, दरवार मार्गले रात्री भोजको सौजन्य गरेको छ । खेलाडीलाई प्रोत्साहन स्वरुप प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरवहादुर खड्का स्मृति स्पेशल अवार्ड बिजेतालाई सुलक्स सेन्टरबाट ३०÷३० हजार बराबरको टिसट घडी उपलब्ध गराउने छ । साथै दरवार मार्ग स्थित द रिगल ईंकले प्रथम हुने टिमका सम्पूर्ण सदस्यलाई करिब ५ लाख बराबरको १५ थान सुट पिस प्रायोजन गरेको छ ।
