
पोखरा, १४ बैशाख । पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा होङगान्जी न्यृडायमण्डले मिश्रित सफलता हात पारेको छ । शनिवार भएको पहिलो खेलमा पश्चिमाञ्चललाई २५–१४,२५–२२ र २५–१३ को सोझो सेटमा पराजित गरेको न्युडायमण्डले दोश्रो खेलमा पुलिससँग २५–२३,२५–१७,१६–२५ र २५–२२ को सेटमा पराजित भएको छ ।
लगनखेल स्थित आर्मीको कभर्डहलमा संचालन भएको अर्को खेलमा आर्मीले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–६,२५–९ र २५–७ को सोझो सेटमा हरायो ।

यस अघि प्रतियोगिताको पूर्वप्रधान मन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए । सो अवसरमा नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, प्रतिष्ठानकी संरक्षक गमली खड्कालगायतको उपस्थिति रहेको थियो ।
शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा संचालन भएको प्रतियोगिताका बिजेताले २ लाख,उपबिजेताले १ लाख,तृतिय हुने टिमले ५० हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोेकृष्ट खेलाडी र शेरवहादुर खड्का स्पेशल अवार्ड बिजेताले जनही १५–१५ हजार प्राप्त गर्ने छन् । बिद्यागततर्फ वेष्ट स्पाईकर, वेष्ट सेटर,बेष्ट ब्लक,बेष्ट डिफेन्स,बेष्ट क्विकर,बेष्ट सर्भर र बेष्ट कोचले जनहि ५ हजार नगद प्राप्त गर्ने छन् । मार्वल टेक्नोप्लस, मुक्तिनाथ बिकास बैंक सह प्रायोजक तथा एनआईसी एशिया बैंक बैंकिङ पाटनर रहेको प्रतियोगिताको प्रत्येक खेलको वमन अफ द म्याचलाई नगद ५ हजार सहित आर्कषक ट्रफिले पुरस्कृत गर्ने भएको छ ।
