पोखरामा एशिया कप तथा दक्षिण एशियाली ट्राईयाथलन प्रतियोगितामा सम्पन्न (फोटो र भिडियो सहित)

एशिया कपमा पुरुषतर्फ जापान र महिलातर्फ कोरिया

दक्षिण एशियामा पुरुषतर्फ नेपाल र महिलातर्फ भारत च्याम्पियन

केशब पाठक /तस्बिर : सुदर्शन रंजित 
पोखरा, १४ बैशाख । नेपाल ट्राईयाथलन संघको आयोजनामा नेपालमा पहिलो पटक आयोजना भएको एशिया कप महिला तथा पुरुष च्याम्पियनशिपमा पुरुष तर्फ जापानका माकातो ओदाकुराले बाजी मारेका छन ।

पोखराको फेवातालमा ७५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौड सम्मिलित ट्राइयाथलनमा १९ जना प्रतिष्प्रर्धीलाई ५४ मिनेट १६ सेकेण्डमा उछिन्दै ओदाकुराले स्वर्ण पदक हासिल गरेका हुन । उनी विश्व वरियातामा ६३ औं स्थानमा  र क्षेत्रिय बरियतामा दोश्रो नम्बरमा रहेका खेलाडी हुन ।

सोही स्पर्धामा पोल्याण्डका खेलाडी दान मिकिनतोशले दोश्रो भएका छन । उनले उक्त दुरी ५४ मिनेट ३३ सेकेण्डमा पार गर्दै रजत भने तेश्रो स्थानमा रहेका जि ह्वान किमले ५५ मिनेट २ सेकेण्डमा दुरी पार गर्दै काश्य पदक पाएका छन ।
यता सोही स्पर्धामा महिला तर्फ कोरियाकी यु जिन पार्कले १ घन्टा २ मिन ५६ सेकेन्डमा साथ स्वर्ण हात पारिन् । जापानकी कोनामी युसियुदाले १ घन्टा ३ मिनट ५१ सेकेन्डमा साथ रजत र जापानकै खेलाडी नाओमी ताकामिनेले १ घन्टा ४ मिनट ५५ सेकेन्डका साथ रजत पाइन ।

प्रतियोगितामा नेपाल, जापान, कोरिया, काजाकिस्तान, लिथुनिया, पोल्याण्ड, अष्ट्रेलिया, भारत र बंगलादेशका पुरुष तर्फ १९ र महिला तर्फ ८ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

सातौ संस्करणको दक्षिण एशियाली ट्राईयाथलनको पुरुष इभेन्टतर्फ नेपालका बसन्त थारुले स्वर्ण पदक पाएका छन । उनले उक्त दुरी १ घन्टा ३ मिनेट ५८ सेकेण्डमा पार गरे । यसै गरि सोही स्पर्धामा १ घन्टा ७ मिनेट १३ सेकण्डमा दुरी पार गर्दै भारतका लोकेश कुमार बाबुजी रजत पदक र १ घन्टा ८ मिनेटमा दुरी पार गरेका नेपालका नितेश मानन्धरले काश्य पदक प्राप्त गरेकाछन ।

तर महिलातर्फ प्रतिष्पर्धामा १ घन्टा ४९ मिनेट २३ सेकेण्डमा दुरी पार गर्दै भारतकी प्रग्न्या मोहनले स्वर्ण पदक हासिल गरेकी छन भने भारतकी खेलाडी मोनिका मुकेशभाई नागपुरीले रजत पदक पाइन । उनले उक्त दुरी १ घन्टा ५२ मिनेट ४० सेकेण्डमा पार गरिन । त्यसै गरि नेपालकी सोनी गुरुङले १ घन्टा ५८ मिनेट ४९ सेकेण्डमा दुरी पार गर्दै काश्य पदक प्राप्त गर्न सफल भइन ।

नेपालका खेलाडीहरुको मात्र प्रतिस्पर्धा रहेको दुवाथलनमा सेनाका हिमाल टमाटाले स्वर्ण हात पारे । उनले ५ कि.मि. दौड, २० किलोमिटर साइक्लिङ, २.५ किलोमिटरको दौड ५७ मिनट १४.३० सेकेन्डमा पुरा गरे । यस्तै दोश्रो स्थानमा रहेका नेपाली सेनाका लक्ष्मण मल्लले ५७ मिनट ३७.४७ सेकेन्ड र तेश्रो स्थानमा रहेका एपिएफका किरण कुमार मल्लले ५७ मिनट ५८.१७ सेकेन्ड लगाए । महिला तर्फ एपिएफकी हुमा बुढा मगरले १ घन्टा १० मिनट ४५.२२ सेकेन्ड, एपिएफकै निर्जता ताम्राकारले १ घन्टा ११ मिनेट ३८.३३ सेकेन्ड र दाङ्गकी अनिषा चौधरीले १ घन्टा २२ मिनट ०५.०५ सेकेन्डमा साथ पहिलो दोश्रो र तेश्रो स्थान हात पारिन ।

बिजयी खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्रि पृथ्बीशुब्बा गुरुङ, गण्डकी प्रदेश सभाका सांसद दिपक कोइराला, नेपाल ट्राईयाथलन संघका पूर्व अध्यक्ष गणेशमान पुन, नेपाल ओलम्पिक कमिटीका सदस्य तेज गुरुङ, राखेप बोर्ड सदस्य राजेश गुरुङ, संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ लगाएतले पदक, प्रमाणपत्र र ट्रफी वितरण गरेका थिए ।

दुर्घटना हुँदा नेपाल च्याम्पियन जित बाट बञ्चित
पोखरामा शनिबार एशिया कप तथा दक्षिण एशियाली ट्राईयाथलन प्रतियोगिता चलिरहँदा कारको ठक्कर बाट नेपाली खेलाडी दिपेश चौधरी पदक बाट विमुख मात्रै होइन ठूलो दुर्घटना ह्न बाट जोगिएका छन । पौडी पछि भएको साइक्लिङमा दिपेशलाई मुस्ताङ चोक भन्दा केही तल हिमाली टोल जाने चोकमा एक प्राइभेट कार बा २१ च ४५९९ संग चौधरीको साईकल ठोक्किदा, साइकल क्षतिग्रस्त भएको थियो । उनले साउथ एशियन च्याम्पियनशिपमा सहभागिता जनाएका थिए ।

नेपाल च्याम्पियन समेत रहेका चौधरी कारको लापरबाहीका कारण आफू पदक बाट बिमुख भएको प्रतिक्रिया दिएका छन । उनले भने–‘स्वर्ण पदक पाउने आशाका साथ तयारी गरेको थिंए तर कारको गल्तिका कारण प्रतियोगिता बाट बाहिरिनु पर्यो ।’ प्रहरीका अनुसार ट्राफिक प्रहरीले रोक्दा रोक्दै गाडी चालकले खेलाडीले साइक्लिङ गर्ने लेनमा गाडी कुदाएका थिए । प्रहरीले चालक अमर सुनार सहित गाडीलाई नियन्त्रणमा लिएको छ ।

नेपाल च्याम्पियन समेत रहेका चौधरी कारको लापरबाहीका कारण आफू पदक बाट बिमुख भएको प्रतिक्रिया दिएका छन । उनले भने–‘स्वर्ण पदक पाउने आशाका साथ तयारी गरेको थिंए तर कारको गल्तिका कारण प्रतियोगिता बाट बाहिरिनु पर्यो ।’ प्रहरीका अनुसार ट्राफिक प्रहरीले रोक्दा रोक्दै गाडी चालकले खेलाडीले साइक्लिङ गर्ने लेनमा गाडी कुदाएका थिए । प्रहरीले चालक अमर सुनार सहित गाडीलाई नियन्त्रणमा लिएको छ । रेसिङका लागि प्रयोग हुने उक्त साइकलको मुल्य करिब ७ लाख ५० हजार पर्ने चौधरीले जानकारी दिएका छन ।

नेपाली सेनामा कार्यरत मेडल बाट बञ्चित भएका चौधरीले यहि प्रतियोगिताका लागि लामो समय देखि अभ्यासमा व्यस्त थिए । उनले पदक मात्रै गुमाएका छैनन जित पछि ट्राईयाथलन विश्व वरियता र क्षेत्रिय बरियताको रेकिंङ लगाएत अन्य सुविधा समेत गुमाएका छन । यो दुर्घटनाले चौधरीको खेल जिबनमा ठुलो धक्का पुगेको नेपाल ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र श्रेष्ठले बताए । ‘एउटा खेलाडी उत्पादन गर्न कति ठूलो मेहनतको खाँचो पर्छ, त्यो कुरा सबैले बुझ्न आवश्यक छ’ उनले भने ।

दुर्घटना पछि प्रतिक्रिया दिंदै संघका अध्यक्ष श्रेष्ठले पोखरेलीले यति ठूलो इभेन्ट यहाँ गर्न पाउनु गौरवको विषय भएको बताए । खेलको समय केही घन्टा समस्या आए पनि यस्ता प्रतियोगिताले पोखराको मात्रै नभई नेपालको समेत गौरब बढाउन र पोखरालाई खेलकुद मार्फत पर्यटन प्रवर्धन गर्न सहयोग पुग्ने बताए । ‘हामी यसमा सबै सचेत बन्नु पर्छ र आगामी दिनमा यस्ता प्रकारका दुर्घटना हुन नदिई स्वदेशी तथा विदेशी खेलाडीलाई पोखरा सुन्दर शहर मात्रै होइन खेलकुदको लागि उत्तिकै महत्वपूर्ण छ भन्ने कुरा देखाउनु पर्छ,’ उनले भने–‘यो प्रतियोगिताको स्वामित्व गण्डकी प्रदेश सरकार, पोखरा महानगर र समग्र पोखरेली नागरिकले लिनसकेमा यसको महत्व बढ्छ ।’

1St Asian Cup & 7Th South Asian Triathlon Championship, Pokhara Nepal. Held on 27 April 2019.

Posted by PokharaSports.com on Saturday, April 27, 2019

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close