निलेन्द्र, ओलम्पिक काउन्सिल अफ एशियाको साँस्कृतीक समितिमा

पोखरा, १३ बैशाख । नेपाल ट्राईयाथलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सदस्य निलेन्द्र राज श्रेष्ठ ओलम्पिक काउन्सिल अफ एशियाको साँस्कृतीक कमिटिको सदस्यमा चयन भएका छन् ।

दक्षिण एशियाली ट्राईयाथलन संघका अध्यक्ष समेत रहेका श्रेष्ठलाई चार बर्षिय कार्यकालका लागि उक्त समितिमा चयन गरिएको नेपाल ट्राईयाथलन संघका महासचिव युवराज सुनुवारले जानकारी गराए ।

एथलेटिक्सका खेलाडी समेत रहिसकेका श्रेष्ठ हाल नेपालमा ट्राईयाथलन खेलको विकास र विस्तारमा अहोरात्र खटिईरहेका छन् । ट्राईयाथलन संघमा उनको आगमन पश्चात नेपालले अन्तर्राष्ट्रियस्तरमा पदक हात पार्नुका साथै भारतको गुवाहाटीमा आयोजना भएको १२ औं दक्षिण एशियाली खेलकुदमा पहिलो पटकको सहभागितामानै नेपालले एक रजत र एक कास्य पदक हात पार्न सफल भई सकेकोछ ।

दक्षिण एशियामानै दक्षिण एशियाली ट्राईयाथलन आयोजना गर्ने पहिलो राष्ट्र हुनुका साथै लगातार छैटौं पटक सम्म सफलतापूर्वक सम्पन्न गर्न सक्षम भएको पश्चात प्रतियोगिताको आयोजनालाई मूल्याङ्कन गर्दै अन्तराष्ट्रिय ट्राईयाथलन युनियनले नेपाललाई यस पटक एशियन कपको आयोजना गर्ने अवसर प्रदान गरेको छ । उक्त प्रतियोगिता बैशाख १४ गते शनिबार पोखरामा सम्पन्न हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close