
पोखरा स्पोर्टस । आइसिसइ टी–२० विश्वकपमा खेल्ने १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।
नेपाली टोली रोहित पौडेलको कप्तानीमा विश्वकपमा उत्रिने भएको हो । टोलीमा कुशल भुर्तेल र आसिफ शेख रहेका छन् । उनीहरुको जोडीले विश्वकपमा पारीको सुरुवात गर्नेछन् ।
त्यसै गरी अनिल कुमार शाह, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र गुल्शन झाले टिममा स्थान बनाउँदा सोमपाल कामी र करण केसी र अविनाश बोहोराले बलिङ स्कवाडको रुपमा टिममा समावेश रहेका छन् ।
अन्य खेलाडीमा प्रतिश जीसी र कमलसिंह ऐरी, सागर ढकाल र ललित राजवंशी १५ सदस्यिय टोलीमा समावेश छन् ।
विश्वकपमा नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्डस्, दोस्रो खेल श्रीलंकासँग जुन १२, तेस्रो खेल दक्षिण अफ्रिकासँग जुन १५ र चौथो खेल बंगलादेशसँग जुन १७ मा खेल्नेछ ।
