पुरुष ह्याण्डबलमा गण्डकीको अपराजित यात्रा जारी, सोमबार सेमीफाइनल

पोखरा, ८ वैशाख । नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत सोमबार सेमिफाईनलका खेलहरु हुने भएकाछन् ।

पुरुष तर्फको खेलमा गण्डकी प्रदेश बिरुद्ध प्रदेश नम्बर ३ बिच सेमिफाईनल खेल हुने भएको छ भने अर्को खेलमा एपिएफ बिरुद्ध विभागिय टोली त्रिभुवन आर्मी क्लव बिच खेल हुने भएको छ ।

विशाल बस्नेतको कप्तानिमा मैदानमा उर्तिएको गण्डकी प्रदेशले लिग चरणका ४ खेलमै जित हासिस गरी समुह बिजेता हुदै सेमिफाइनलमा यात्रा बनाएको हो । समुह ‘बी’ बाट प्रदेश नम्बर ३ उपविजेता भएको हो । त्यसै गरी समुह बीबाट विजेता भएको एपिएफसंग समुह बिको उपविजेता आर्मी बिच अर्को सेमिफाइनल खेल हुने भएको हो ।

त्यसै गरी महिला तर्फ एपिएफ बिरुद्ध गण्डकी प्रदेश र अर्को सेमिफाइनल खेलमा आर्मी बिरुद्ध प्रदेश नम्बर एक प्रतिष्प्रर्धा गर्ने भएका हुन ।

आइतबार भएको अन्तिम लिग चरणकोे पुरुषतर्फ को खेलमा गण्डकीले आयोजक प्रदेश नं ५ लाई ४२–१२ को फराकिलो गोल अन्तरले हपराजित गर्योे । गण्डकीको जितमा चन्द्र केसीको सर्वाधिक ११ गोलको योगदान दिए ।

त्यस्तै, महिलातर्फको खेलमा गण्डकीले तीन जित निकाल्दै समुह उपविजेता बन्दै सेमीफाइनल यात्रा बनाएको हो । महिलातर्फको ह्याण्डबलमा विभागीय सशस्त्रको एपीएफले चार खेल जित्दै सेमीफाइनल यात्रा बनाएको हो ।

आइतबार भएको लिग चरणको अन्तिम खेलमा गण्डकी विभागीय नेपाली सेनाको त्रिभुवन आर्मीसँग ७ गोलविरुद्ध ३० गोलको फराकिलो अन्तरले पराजित भयो । उक्त खेलमा आर्मीका कोपिला राईले सर्वाधिक ११ गोल गरिन् ।

ह्याण्डबलमा पुरुषतर्फको खेलमा स्वर्ण र महिलातर्फको खेलमा गण्डकी प्रदेशले कास्य पदकको आशा गरेको सहायक प्रशिक्षक गणेश अर्यालले बताए । फाईनल खेल मंगलबार हुने भएको नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज गुरुङले बताए । ह्याण्डवलमा नेपाल पुलिस र एनआरएन बाहेक ९ टिमको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close