व्याडमिन्टनको बन्द प्रशिक्षण पोखरामा, राखेप सदस्य गुरुङले स्वर्ण पदक जित्नेलाई एक तोलाको सुनको मेडल दिने घोषणा

पोखरा, नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली (साग) अन्तरगत पोखरामा राष्ट्रिय व्याडमिन्टन टोलीको बन्द प्रशिक्षण सुरु भएको छ ।

पोखरामा बन्द प्रशिक्षणमा आएको टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले स्वागत गर्दै सागमा स्वर्ण पदक जितेमा एक तोलाको सुनको सिक्री दिने घोषणा गरेका छन ।

स्वागत कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली लगाएतको उपस्थिती रहेको थियो ।

सागको खेल अन्तरगत व्याडमिन्टन खेल पोखरामा हुने भएको छ । प्रतियोगितामा नेपालका तर्फ बाट टिम र इन्डिभिजुअल तर्फ गरि २० जना खेलाडीहरु बन्द प्रशिक्षणमा रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close