आठौंमा सहभागिता जनाएकी आर्चरकी खेलकी कान्छी खेलाडी अनुश्का

पोखरा, ७ बैशाख । आठौ प्रतियोगिता अन्तरगत नेपालगञ्जमा जारी आर्चरी खेलमा गण्डकी प्रदेश बाट सबै भन्दा कान्छी खेलाडी अनुश्का शेरचनले सहभागिता जनाइ रहेकी छन ।

भर्खरै १२ वर्षमा टेकेकी अनुश्का पोखराको नोबल एकेडेमीमा कक्षा ७ उर्तिण गरेकी हुन । उनी कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनकी छोरी हुन । पढाईमा समेत उत्तिकै मेहनत गर्ने अनुश्कालाई आर्चरी खेल तर्फ अर्कषित मात्र गराएका छैनन, खेलमा पनि उनले निकै मेहनत पनि गरेको अध्यक्ष शेरचनले बताए ।

‘यहि राष्ट्रिय प्रतियोगिताका लागि भनेर नै उनले एक वर्ष देखि निकै मेहनत गरेकी छन’ अध्यक्ष शेरचनले भने–‘विभिन्न छनौट प्रतियोगितामा राम्रो खेल प्रदर्शन गर्दै नेपालगञ्ज आइपुग्न सफल भइन ।’ अनुश्का मात्रै नभई पाँचौ राष्ट्रिय खेलकुद देखि आठौं सम्म गण्डकी बाट कान्छो खेलाडी प्रतिनिधित्व गराउन सफल रहेको उनले बताए ।

अनुश्काको टोलीले टिम स्टायण्डर्ड तर्फ आइतबार फाइनल खेल खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close