आठौं महिला फुटबल–नेपाली सेनाद्वारा गण्डकी प्रदेश माथी गोलको वर्षा

पोखरा, ५ बेशाख । आठौं राष्ट्रिय प्रतियोगिता अन्तगत बिहिबार भएको महिला फुटबलमा नेपाली सेनाको त्रिभुबन क्लबले गण्डकी प्रदेश माथी गोलको वर्षा गरेको छ । खेलमा म्यान अफ दि म्याच नेपाली सेनाकी शर्मिला थापाले एक्लैले ४ गोल गरिन ।

यसै गरि खेलमा इन्दिरा राइले समेत ह्याट्रिक गरिन  ।

बुधबार  भएको उद्घाटन खेलमा कर्णाली प्रदेशलाई पराजित ४–० गोलले पराजित गरि उच्च मनोबलका साथ मैदान उत्रिएको गण्डकी प्रदेश महिला फुटबलमा दाबेदार मानिएको नेपाली सेना संग दोश्रो खेलमा भने नमिठो पराजय बेहोरेको छ ।

भैरहवा स्थित बुद्धरंगशालामा भएको पहिलो खेलमा सेनाले शानदार जित निकाल्दै गण्डकीलाई ११–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको पहिलो हाफमा २–० गोलले अगाडी रहेको सेना दोस्रो हाफको खेलमा आक्रमक ढंगले खेल्दै ९ गोल गर्यो । पहिलो हाफमा गण्डकीले रक्षात्मक खेल प्रस्तुत गरेपनि सेनाको रणनितीलाई मैदानमा रोक्न सकेन न त जवाफी गोल फर्काउननै सक्यो । खेलमा नेपाली सेनाकालागि सपना लामा, कृष्ण खत्री, भुजना राईले समान १–१ गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close