नवौ संस्करणको पुष्पलाल स्मृती ब्याडमिन्टन प्रदेश नं १ को ईटहरीमा सुरु

पोखरा,
नेपाल खेलकुद महासंघको तत्वावधान तथा राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा नवौं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता ईटहरीमा मंगलबारबाट सुरु भएको छ ।

प्रतियोगिताको प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईले एक समारोहविच उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश सरकारले प्रदेश १ लाई स्पोर्टस् हव बनाउने मुख्य मन्त्रि राइले सो अवसरमा बताए । त्यसका लागि प्रदेशले ४० करोड छुट्याएको र ईटहरी रङ्गशालाको लागि एक करोड छुट्याएको बताए ।

पूर्वाञ्चलले ब्याडमिन्टनमा नम्बर एक खेलाडीहरुका साथै थुप्रै खेलाडी उत्पादन गरि सकेको भन्दै प्रदेशलाई खेलकुदलाई प्राथमिकतामा राखेर अगाडी बढ्ने उनको भनाई थियो । मुख्य मन्त्री राईले आजै ब्याडमिन्टन कभर्डहलको समेत उद्घाटन गरेका थिए ।

दिपेश र रत्न जितका साथ अगाडी बढ्दै

एपिएफका राष्ट्रिय च्याम्पियन दिपेश धामी र सेनाका रत्नजित तामाङ्ग जित निकाल्दै अगाडी बढेका छन् । उच्च १६ बरियताका खेलाडीविचको पुरुष एकलको पहिलो खेलमा दिपेशले बि १ समूहमा बाँकेका ईरफान अन्सारीलाई २१–१४, २१–१४ ले पराजित गरे ।

अत्याधिक गर्मिका कारण खेलका दौरान असहज महसुस गरेका रत्नले समूह ए मा कठिनताका साथ एपिएफका गौतम सिंह कठायतमाथि १९–२१, २१–९ र २१–१४ को जित निकाले । यस्तै उनले एपिएफका सुमन लिम्बुमाथि २१–१०, २१–१३ को जित निकाले ।

समूह ए कै अर्को खेलमा पुलिसका जीवन आचार्यले एपिएफका गौतम सिंह कठायतलाई १५–२१, २१–१९ र २१–१४ ले पराजित गरे । समूह बि को अर्को खेलमा सेनाका प्रफुल महर्जनले बाँकेका ईरफान अन्सारीलाई २१–११, २१–१५ ले पराजित गरे । यसैगरि पुलिसका सुनिल जोशीले एपिएफका बिजित थापा मगरलाई २१–१६, २१–९ ले पराजित गरे । यस लिग बाट सेमिफाईनल प्रवेश गर्ने खेलाडीहरुको टुङ्गो बुधबार हुने प्रतिस्पर्धाबाट हुनेछ ।

उच्च बरियताका १६ खेलाडीहरुलाई चार समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गराईरहेको प्रतियोगिता रेफ्रि उदय अर्यालले जानकारी गराएका छन ।

सोही क्रममा समूह ए मा पुलिसका जीवन आचार्यले एपिएफका सुमन लिम्बुलाई २१–१८, २४–२२ ले, समूह सीका भोजपुरका बिकास श्रेष्ठले पुलिसका सुनिल जोशीलाई २१–१७, २१–१४ ले तथा समूह डीमा सेनाका रुकेश महर्जनले पुलिसका बिष्णु कटुवालबाट रिटायर्ड हर्टका आधारमा जित निकाले । पहिलो सेटलाई २१–१९ ले आफ्नो पक्षमा पारेका बिष्णुले दोश्रो सेटमा ७–१२ को अवस्थामा खेल परित्याग गरेका थिए । खेलकै दौरान ज्वरो आएकाले उनले खेल परित्याग गर्न बाध्य भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close