स्क्वासमा गण्डकी प्रदेशलाई स्वर्ण कृष्णाले जितिन स्वर्ण

पोखरा, २ बैशाख । आठौंअन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको महिला सिंगल्समा गण्डकी प्रदेशकी कृष्णा थापाले स्वर्ण जितेकी छन् । पुरुष तर्फ सिंगल्समा अमृत थापा मगरले स्वर्ण जितिसकेका छन । उनहिरु दिदी भाई हुन ।

कृष्णाको यो जित सङै गण्डकी प्रदेशले दुई स्वर्ण जितेको छ ।

ललितपुरको सातदोबाटोस्थित स्क्वास एकेडेमीमा भएको राउन्ड रोविन लिगको फाइनल सरह प्रतिस्पर्धामा कृष्णाले डिफेन्डिङ च्याम्पियन प्रदेश ३ की भावना सुनुवारलाई ७–११, ११–५, १३–११, ७–११ र ११–७ को सेटमा पराजित गरिन् । ६ खेलाडी सहभागी लिगमा यो खेलअघि कृष्ण र भावनले समान ४–४ खेल जितेका थिए ।

पुरुष सिंगल्समा कृष्णाका भाइ अमृत थापा मगर च्याम्पियन बनिसकेका छन् । विपना ब्लोन र स्वास्थानी श्रेष्ठ तेश्रो भए । दुवै प्रदेश ३ का हुन् ।

पुरुष टिममा प्रदेश ३ पहिलो भयो । फाइनलमा प्रदेश ३ ले गण्डकीलाई २–१ ले हरायो । प्रदेश १ र एपीएफ संयुक्त रुपमा तेश्रो भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close