
पोखरा, २ बैशाख । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीका पूर्व सचिव, नेपाल पत्रकार महासंघ, कास्कीका साधारण सदस्य, ताण्डब साप्ताहिकका सम्पादक अर्जुन गिरीलाई प्रहरीले पक्राउ गरेकोमा मञ्चले एक विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ ।
मञ्चका अध्यक्ष एकराज गिरी द्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ–‘सक्रिय पत्रकार गिरीमाथि बिपेन्द्रराज बतासले ठगी गरेकोबारे समाचार प्रकाशित भएपछि साइबर क्राइम अन्तर्गत मुद्धा दर्ता गरेकोमा मञ्च गम्भिर आपत्ति प्रकट गर्दछ ।’ समाचारको बिषयलाई लिएर चित्त नबुझेमा नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने र दोषी देखिए कारवाही गर्ने प्रावधान हुँदाहुँदै पत्रकारमाथि साइबर क्राइमको मुद्दा दायर भएकोमा मञ्च खेद प्रकट गर्दछ विज्ञप्तीमा भनिएको छ ।
‘यो हर्कत सिंगो पत्रकारिता क्षेत्रको स्वतन्त्रता र पत्रकारमाथिको हमलाको रुपमा हामीले लिएका छौं, पक्राउ परेका पत्रकार गिरीमाथिको मुद्धा विना शर्त फिर्ता लिन र अविलम्ब रिहाइको माग गर्दछौ’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।
