लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन चैत ९ गते हुने

पोखरा स्पोर्टस । तेस्रो संस्करणको लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन यहि चैत्र ९ गते हुने भएको छ ।

विश्वभर मनाइँदै आएको ‘अन्तर्राष्ट्रिय खेलकुद दिवस’का अवसरमा सो म्याराथन  बौद्ध जन्मस्थल लुम्बिनीमा हुँदै आएको छ ।

सो म्याराथन अन्तर्गत ४२.१९५ म्याराथनतर्फ शीर्ष १० मा रहने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ । पुरुष म्याराथनसंगै हाफ म्याराथन महिला, ५ किलोमिटर खुला दौड पुरुष र महिला तथा ५ किलोमिटर छात्र/छात्राको पनि प्रतिस्पर्धा हुनेछ ।

म्याराथनतर्फ शीर्ष १० मा रहने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ । त्यसमा पहिलो हुनेले ३ लाख ५० हजार, दोस्रो हुनेले २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख ५० हजार, यस्तै चौथोले एक लाख, पाँचौंले ८० हजार र छैटौंले ६० हजार, सातौंले ४० हजार, आठौं २० हजार, नवौंले १० हजार र दशौंले ५ हजार नगद हात पार्नेछन् ।

महिला हाफ म्याराथनतर्फ पहिलोले १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले ८० हजार रुपैंया प्राप्त गर्नेछन् ।

५ किलोमिटर खुला महिला/पुरूष दौडतर्फ शीर्ष तीनमा रहनेलाई क्रमशः १२, ८, र ६ हजार रुपैंया प्रदान गरिनेछ भने चौथो, पाँचौ र छैटौलाई ४, ३ र २ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै ५ किलोमिटर छात्र/छात्रातर्फ शीर्ष तीन स्थानमा आउनेलाई १०, ७ र पाँच हजार तथा चौथो, पाँचौ र छैटौलाई ४, ३ र २ हजार प्रदान गरिने छ ।

सो प्रतियोगिता नेपालस्थित चिनिया राजदूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी खेलकुद परिषदको आयोजनामा हुन लागेको हो ।

गत वर्ष लुम्बिनी पिस म्याराथनको उपाधि गण्डकीका तिर्थ पुनले जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close