आठौं राष्ट्रिय : टेनिस मिक्स डबल्समा दिदी भाइलाई स्वर्ण

पोखरा, ३० चैत । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस खेलमा मिक्स डबल्सतर्फ एपीएफका इभान हो लिसानोविच र अश्लेषा लिसोनोविच दीदीभाईको जोडीले स्वर्ण जितेका छन ।

शनिबार भएको फाईनलमा उक्त जोडीले अभिलाषा विष्ट र प्रनव खनालको जोडीलाई ३–६, ६–४, १०–७ को सेटमा पराजित गरे । प्रदेश नं. ४ का अनिल साही र गंगा शर्मा तथा आर्मीका अभिनव आचार्य र ईरा एम रावतको जोडी तेस्रो भए ।

पुरुष डबल्समा प्रदेश नं. ४ का प्रदिप खड्का र नबिन मगरको जोडीले प्रदेश नं. ४ का धर्म लामिछाने र अनिल शाहीको जोडीलाई ६–३, ६–३ तथा एपीएफका इभान हो लिसानोबिच र जितेन्द्र परियारको जोडीले एपीएफकै छेवाङ लामा र सन्तोष खत्रीको जोडीलाई ६–२, ६–२ को सेट हराउदै फाइनलमा स्थान बनाए ।

महिला डबल्सतर्फ एपीएफकी सलोनी तामाङ र अस्लेशा लिसानोबिचको जोडीले अभिलाषा विष्ट र ईरा रावतको जोडीलाई ६–४, ६–१ तथा एपीएफका प्रेरणा कोईराला र एनि माथेमाको जोडीले प्रदेश ४ का श्रीया भट्टराई र रोमिका बुद्धाचार्यको जोडीलाई ६–०, ६–० को सेटमा पराजित गर्दै फाईनलमा स्थान पक्का गरे । प्रतियोगिता अन्तर्गत आइतबार पुरुष/महिला डबल्सको फाइनल हुनेछ भने पुरुष/महिला सिंगल्सको सेमिफाइनल पनि हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close