आठौं अन्तरगत पोखरामा हुने ट्राईयाथलनको सम्पूर्ण तयारी सकियो

पोखरा, २९ चैत । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पोखरामा चैत ३० गते (शनिबार) हुने ट्राईयाथलनको सम्पूर्ण तयारी पुरा भएको छ ।

नेपाल ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले सो बारे जानकारी दिंदै बिहान ७ बजे बैदाम गौरीघाट बाट सुरु हु्ने आठौं राष्ट्रिय प्रतियोगिता अन्तरगतको ट्राईयाथलनमा सहभागिताका लागि विभागिय टिमका खेलाडीहरु तथा देश भरिका महिला तथा पुरुष खेलाडीहरु पोखरा आइसकेको जानकारी दिए ।

प्रतियोगितामा दुई विभागिय टोली नेपाल आर्मी र शसस्त्र प्रहरीको एपिएफ क्लब र अन्य जिल्लाका ५० जना प्रतियोगिहरु प्रतिष्पर्धा गर्नेछन । दुआथलन तर्फ, २५ पुरुष र ७ महिला तथा ट्राइयाथलन तर्फ १३ पुरुष र ५ जना खेलाडी रहेका छन ।

प्रतियोगितामा ट्राईयाथलन, दुआथलन र मिक्स टिम रिले गरि तिन वटा इभेन्टहरु हरु हुने अध्यक्ष श्रेष्ठले बताए । जसमा ट्राईयाथलन अन्तरगत स्प्रिन्टमा साइक्लिङ २० किलोमिटर, ७५० मिटर पौडी, ५ किलोमिटरको दौड हुनेछ ।

यसै गरि दुआथोलन स्प्रिन्टमा ५ कि.मि. दौड, २० किलोमिटर साइक्लिङ र पुनः २.५ किलोमिटरको दौड हुनेछ । मिक्स डबल्समा २/२ जना महिला र २/२ जना पुरुषको टिमले प्रतिष्पर्धा गर्नेछन । आयोजकले प्रतियोगिताको लागि गौरीघाट देखि मुस्ताङ चोक सम्मको स्थललाई तोकेको छ ।

पोखरामा सुरु भयो एशिया कपको तयारी
आगामी बैशाख १४ गते नेपाल ट्राईयाथलन संघको आयोजनामा हुने पोखरामा एशिया कप सहित साउथ एशियन ट्राईयाथलन च्याम्पियनशिप सहित दुई वटा इभेन्टहरु संगै संचालन हुने भएकाछन । पोखरामा हुने एशिया कप पूर्ब तयारीका आठौं अन्तरगत यो प्रतियोगिता महत्वपूर्ण रहेको अध्यक्ष श्रेष्ठले बताएका छन ।

उक्त प्रतियोगिताका लागि हाल सम्म २० भन्दा बढी बिदेशी खेलाडीले आफ्नो नाम दर्ता गराइसकेका छन । प्रतियोगितामा जापान, कोरिया, ईष्टोनिया, अस्टरेलिया, मोारोक्को, पोलेण्ड, भारत, बंगलादेश, काजाकास्तान लगाएतका मुलुकका खेलाडीले नाम दर्ता गराएको अध्यक्ष श्रेष्ठले बताए । जापान बाट हाल सम्म सबै भन्दा बढी ८ जनाले नाम दर्ता गरिसकेका छन ।

एशियाकप दक्षिण एशियामानै पहिलो पटक नेपालले आयोजना गर्ने मौका पाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close