उदयपुर ह्याण्डबल खेलाडीलाई खेल सामाग्री, ह्याण्डबल खेलाडी सम्मानित

पोखरा, २८ चैत ।ह्याण्डबल खेल माथी उठाउन मात्र नभई आठौं राष्ट्रिय खेलकुद अन्तरगत ह्याण्डबलका खेलाडीलाई कुनै समस्या नपरोस भन्नका लागि दुई जनाले उदयपुर ह्याण्डबल संघलाई खेल सामाग्री प्रदान गरेका छन ।

प्रदेश १ मा ह्याण्डबल खेलको जगलाई बलियो बनाउन पदम किरात र शान्ता राईले १५ हजार बराबरको ह्याण्डबल खेल सामाग्री प्रदान गरेका हुन । नेपाल ह्याण्डबल संघका केन्द्रिय सदस्य तथा प्रदेश १ ह्याण्डबलका इन्चार्ज राकेश राईको पहलमा दुई जना सहयोगीले खेल सामाग्री हस्तान्तरण गरेका हुन ।

सामाग्री हस्तान्तरण कार्यक्रममा प्रदेश १ बाट मिस स्टेटको उपाधी जित्न सफल महिला ह्याण्डल खेलाडी रमिला बस्नेत र नेपाली सेनाको आधारभूत तालिम सफलताका साथ सम्पन्न गरेकोमा ह्याण्डबल खेलाडी राकेश तामाङलाई समेत सम्मान गरिएको छ ।

प्रदेश १ को ह्याण्डबल टोली यति बेला आठौं राष्ट्रिय खेलकुद अन्तगत तयारीमा जुटिरहेकेको छ । ह्यायण्डबल खेल बैशाख ६ देखि ११ गते सम्म नेपालगञ्जमा संचालन हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close