
पोखरा, १८ चैत । ‘जर्मन ओपन तेक्वान्दो च्याम्पियनसिप’मा नेपाली अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्का उत्कृष्ट रेफ्री घोषित भएका छन् ।
मार्च ३० र ३१ तारिखमा भएको प्रतियोगितामा अशोकले ९ वटा खेलमा रेफ्रीको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा करिब ५० राष्ट्रका अन्तर्राष्ट्रिय रेफ्रीको सहभागिता रहेको बताइएको छ ।
