खेलकुदले गर्यो खेलकुद पत्रकारहरुलाई सम्मान

पोखरा, १८ चैत । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती, कास्की जिल्ला खेलकुद बिकास समिती र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीले एक संयूक्त कार्यक्रम गरि नेपाल खेलकुद पत्रकार मंच गण्डकी प्रदेश नवनिर्वाचित कार्यसमितीलाई बधाई र सम्मान गरेको छ ।

सो कार्यक्रममा बोल्दै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले खेलाडी र खेलुकदमा कलम चलाउने पत्रकार हरुका नङ र मासुको सम्वन्ध रहने बताए । उनले खेलकुदमा देखिएका विकृती र विसगंती विरुद्ध कलम चलाउने मात्रै नभई भएका राम्रा गतिविधीलाई समेत जनमानसमा पुर्याउन आग्रह गरे ।

अध्यक्ष श्रेष्ठले खेलकुदमा संचालन भइरहेका साना ठूला प्रतियोगिताहरुलाई जनमानसमा पुर्याई खेलाडीको हौसला अभिवृद्धी गर्न तथा खेलाडीका जिवनका व्यक्तिगत कुराहरुलाई समेत संचार माध्यम मार्फत आम जनमानसमा पुर्याउन उनले विशेष जोड दिए ।

कास्की जिल्ला खेलकुद विकास समितीका कोषाध्यक्ष एवम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष दिपक बहादुर गोदारको अध्यक्षतामा भएको कायक्रममा मंचका  नवनिर्वाचित  अध्यक्ष एकराज गिरीले मंचले आयोजना गर्ने चौथो संस्करणको पोखरा स्पोर्टस् अर्वाडलाई सफल पार्न सहयोगको अपिल गरे ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, कास्की जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख प्रकाश बराल, तालिम तथा प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानी, नेपाल हक्की संघका केन्द्रिय उपाध्यक्ष हिमाल खड्का लागएतले नव निर्वाचित कार्यसमितीलाई बधाई तथा सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close