टाइगर कप भलिबलका साथमा–‘नेवारी शाही पुलाउ बासमती राइस’

पोखरा स्पोर्टस । ‘पाँचौ टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगिता २०८१’ लाई नेपाली चावलमा उत्कृष्ट ब्राण्डको रुपमा रहेको ‘नेवारी शाही पुलाउ बासमती राइस’ ले साथ दिने भएको हो ।

नेपाली बजारमा ‘खाना भनेकै नेवारी’ भन्ने नाराका साथ प्रमुख वितरक रहेको सगरमाथा एग्रो ट्रेडिङ प्रा.लि काठमाण्डौले यहि माघ १२ गतेबाट १९ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने टाइगर कप भलिबल प्रतियोगिताका लागि ‘नेवारी शाही पुलाउ बासमती राइस’ खेलाडीहरूलाई दिने भएको टाइगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिएका छन् ।

सम्झौता अनुसार सगरमाथा एग्रोले आयोजकको महिला टिम र गण्डकी प्रदेश पुरूष भलिबल टिम तथा आयोजकलाई ‘नेवारी शाही पुलाउ बासमती राइस’ प्रदान गर्नेछ भने प्रतियोगितामा उत्कृष्ट हुने एक महिला र एक पुरूष खेलाडीलाई एक–एक थान खेल पोशाक (ट्रयाकसुट) प्रायोजन गर्ने भएको प्रालिका प्रवन्धक उमेश अग्रवालले बताए ।

सगरमाथा एग्रो ट्रेडिङ प्रा.लिले नेवारी व्राण्डमा विभिन्न चावलसहित विभिन्न उत्पादनका सामाग्रीहरु नेपाली बजारमा विक्रि गर्दै आएको छ । नेवारी ब्राण्ड चावल नेपाली बजारका स्थापित ब्राण्ड समेत हो । गण्डकी प्रदेशका सबै जिल्लाहरूमा बजारमा सहज रुपमा पाइने नेवारी ब्राण्डको चावलको माग समेत बढ्दै गएको गण्डकी प्रदेशका मार्केटिङ म्यानेजर प्रदिपले बताए । 

लिग कम नक आउटका आधारमा खेलाइने प्रतियोगितामा पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब टिमसहित नेपालका प्रतिष्ठित टिमले प्रतिस्पर्धा गर्नेछन् । सहभागी नेपाली टिममा हेल्प नेपाल स्पोर्टस क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, र नेपाल एपीएफ क्लबको सहभागिता रहेको छ ।

महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डको टिमसहित नेपालका शीर्ष टिमहरु सहभागी हुनेछन्। सहभागी टिममा नेपाल एपीएफ क्लब, टिपटप न्यू डायमन्ड युथ स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, र टाइगर ग्रुप अफ पोखरा नेपाल रहेका छन्।

प्रतियोगितामा विजयी बन्ने महिला तथा पुरुष दुवै टोलीले समान पुरस्कार पाउने छन् । प्रतियोगितामा प्रथमलाई पाँच लाख ८५ हजार पाँच सय ५५, द्वितीयलाई दुई लाख ८५ हजार पाँच सय ५५ र तृतीयलाई एक लाख ८५ हजार पाँच सय ५५ सहित ट्रफी र मेडल प्रदान गरिनेछ ।

महिला तथा पुरुष दुवैतर्फ सर्वोत्कृष्ट बन्ने खेलाडीले जनही २५ हजार ७ सय ५५ पाउनेछन् भने दुवैतर्फ विधागत रुपमा उत्कृष्ट ठहरिने खेलाडीलाई जनही दश हजार सात सय ७७ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close