
पोखरा, १६ चैत । कास्की जिल्ला टेनिस संघले पोखरा रंगशालाको टेनिस कोर्टमा आइतबार देखि विदामा बसेका विद्यार्थीहरुलाई लक्षित गरि टेनिस खेल प्रशिक्षण शुरु गर्ने भएको छ ।
विशेष गरि एस.ई.ई को परिक्षा दिएर बसेका छात्र–छात्रा र अन्यको विद्यार्थीहरुको शैक्षिक शत्र अन्त्य भएर घरमा बसिरहेका बिद्यार्थीहरुलाई एक महिने प्रशिक्षणको व्यवस्था मिलाइएको कास्की जिल्ला टेनिस संघका सचिब नबिन चालिसेले बताए ।
प्रशिक्षणमा आउने विद्यार्थीहरुलाई बल र आवश्यक खेल सामाग्री संघले नै उपलव्ध गराउने सचिब चालिसेले बताए । उनले भने–‘हामीले ५ जना प्रशिक्षक सहित सबै ब्यवस्था मिलाएका छौं, हामी सबै अभिभावकहरुलाई पनि आफ्ना छोरा–छोरीलाई टेनिस खेल सिक्न रंगशाला पठाउन आह्वान गर्छौ ।’
Posted by PokharaSports.com on Saturday, March 30, 2019
