जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगितामा कास्की च्याम्पियन

पोखरा स्पोर्टस । कास्की जिल्ला जुडो संघको आयोजनामा सम्पन्न ‘जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता–२०८१’ मा कास्की च्याम्पियन भएको छ ।

सम्पन्न प्रतियोगितामा पुरुषतर्फ –२५ केजी तौल समुह अन्तर्गत मोरङका निखिल शाहीले स्वर्ण पदक, विराटनगरका निर्भिक प्रताप रानाले रजत पदक र कास्कीका महिष विक र नवलपुरका सोनम विकले कास्य पदक जितेका थिए ।

–३० केजी तौल समुहतर्फ कास्कीका निशान नेपाली र मञ्जित परियारले स्वर्ण र रजत र गोर्खाका सुनिल लिम्बूले कास्य पदक प्राप्त गर्न सफल भए । –३५ केजी तौल समुहमा मोरङका विज्ञान अधिकारी स्वर्ण, गार्खाका अमोद कुमार रजत र कास्कीका शिरीष पुनले कास्य पदक हात पारे ।

पुरुषतर्फको नै –४० केजी तौलमा विराटनगरका सुजन राजवंशी स्वर्ण र मोरङका सोनम कुमार देओले रजत पदक जिते । –४५ केजीमा संजोक परियार कास्कीबाट स्वर्ण, प्रसात राई सुनसरीबाट रजत र गार्खाका शिव मरासोरनीले कास्य पदक प्राप्त गरे । कास्कीका आदित्य गुप्ता, विराटनगरबाट सरोज राजवंशी, कास्कीका तितस खड्का र स्यामुयल लिम्बूले –५० केजीमा क्रमश स्वर्ण, रजत र कास्य पदक प्राप्त गरे ।

–५५ केजी तौलमा कास्कीका आयुष महतो, नवलपुरका देभिस गुरुङ, मोरङका हिमान्सु कुमार पाल र विराटनगरका लक्की राजवंशीले क्रमश स्वर्ण, रजत र कास्य पदक हासिल गरे । यस्तै पुरुष तौल समूह अन्तर्गत नै –६० केजीमा गार्खाका दिपेश गुरुङ, कास्कीका मनिष परियार र बिराटनगरका अनुज रावंशीले स्वर्ण, रजत र कास्य पदक प्राप्त गरेका छन् ।

–६६ केजीमा आशिष तामाङले कास्कीका लागि स्वर्ण, गोर्खाका मनोज तामाङले रजत, बिराटनगरका आरुस पाखरेल र नवलपुरका सन्दिप परियारले कास्य पदक पाउन सफल भए । पुरुषतर्फ नै अन्तिम तौलसमुह अन्र्तगत +७३ केजीमा कास्कीका विज्ञान टि खत्री, विराटनगरका रोशन राजवंशी र सुनसरीका अक्लिस शाही ठकुरीले क्रमश स्वर्ण, रजत र कास्य पदक प्राप्त गरे ।

त्यस्तै महिला तौल समुह अन्र्तगत ७ वटा विधामा भएको प्रतियोगितामा –२८ केजीमा कास्कीकी निशा नेपाली, मोरङकी रिया शाह र गोर्खाकी कृति वि.क.ले क्रमश स्वर्ण, रजत र कास्य पदक प्राप्त गरे । –३२ केजीमा मोरङकी संस्कृति अर्घहरीले स्वर्ण, कास्कीकी बिषु मगरले रजत, कास्कीकै जमुना श्रेष्ठले र गोर्खाकी सुरक्षा परियारले कास्य पदक हासिल गरे ।

यस्तै –३८ केजीमा कास्कीकै आश्मा गुरुङ र गंगा श्रेष्ठले स्वर्ण र रजत पदक प्राप्त गरे । महिलातर्फको नै अर्को तौलसमुह अन्र्तगत –४४ केजीमा कास्कीकी मनमाया तामाङ, गोर्खाकी प्रतिका नेपाली, सुनसरीकी प्रासन्ना राई र नवलपुरकी मेघ्मा गुरुङले क्रमश स्वर्ण, रजत र कास्य पदक जिते ।

कास्कीका दुई खेलाडी कमला तामाङ र अनिता परियारले क्रमश –४८ केजीमा स्वर्ण र रजत प्राप्त गरे । –५२ केजीको विधामा बिराटनगरकी यशिका खड्का र सुनसरीकी सुप्रिया राईले स्वर्ण र रजत हासिल गर्न सफल भए ।

यसै प्रतियोगिता अन्र्तगत –५७ केजी तौल समुहमा कास्कीकी मिक्सा लिम्बु, गोर्खाकी मनिषा तामाङ, सुनसरीकी दिपसिका आचाजु र समिक्षा धमेलले क्रमश स्वर्ण, रजत र कास्य पदक प्राप्त गरे । यस्तै ११ वटा स्वर्ण, ४ रजत र ३ कास्य गरी १८ वटा पदकसहित कास्की जिल्ला टिम च्याम्पियन बनेको छ । मोरङले ३ स्वर्ण, २ रजत र १ कास्य गरी ६ वटा पदकसहित दोस्रो हुन सफल भएको छ । त्यसैगरी २ स्वर्ण, ४ रजत र २ कास्य गरी विराटनगर तेस्रो भएको छ ।

यस्तै पुरुषतर्फको प्रतियोगितामा बेस्ट प्लेयरको उपाधी कास्कीका आयुष महतोले जितेका छन् भने महिलातर्फ मोरङकी संस्कृति अर्घहरीले उपाधी चुमेकी छन् ।

कार्यक्रममा विगत १६ वर्षदेखि निरन्तर रुपमा जुडो खेलको विकासका निम्ति लागि परेका स्वयम सेवक प्रशिक्षक रबि चौधरीलाई आयोजक संस्था कास्की जिल्ला जुडो संघले सम्मान समेत गरेका छ ।

संघका अध्यक्ष पद्य बहादुर छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जुडो महासंघका महासचिव प्रकाश पाण्डे, गण्डकी प्रदेशका महासचिव निरज पन्त, संघका उपाध्यक्ष सन्त बहादुर लामिछाने, आइजेएफ रेफ्रि पृथ्वी आलोक लगायतले आफ्ना भनाइहरु राखेका थिए ।

पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कर्भड हलमा दुई दिनसम्म सञ्चालन भएको सो प्रतियोगितामा कास्की, गार्खा, नवलपुर, मोरङ, बिराटनगर र सुनसरी गरि ६ वटा टिमबाट पुरुषतर्फ १० र महिलातर्फ ८ गरि १८ वटा तौल समुहमा प्रतियोगिता सञ्चालन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close